सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • समाज
  • नेकपाका नेता शाही जसले जन्मदिनमा विद्यालयलाई सहयोग गरे

नेकपाका नेता शाही जसले जन्मदिनमा विद्यालयलाई सहयोग गरे

  • शनिबार, फाल्गुन २२, २०७७
नेकपाका नेता शाही जसले जन्मदिनमा विद्यालयलाई सहयोग गरे

बाजुरा —  नेकपा बाजुराका युवा नेता महेश शाहीले आफ्नो जन्मदिन मार्तडीमा रहेको समता स्कुलमा मनाएका छन् । जगन्नाथ गाउँपालिकाको वडा नं. ३ मनिकाँडामा जन्मेका नेता शाहीले पहिलोपटक विद्यालयका विद्यार्थीहरुसंग आफ्नो जन्मदिन मनाएका हुन् । समता स्कुलका कुशल अभिभावक समेत रहेका नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई नगद र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएका हुन् ।

शनिबार आफ्नो जन्मदिन विद्यालयमा मनाउँदै नेता शाहीले भने जन्मदिनको अवसरमा अनाबश्यक खर्च गर्नुभन्दा समाजिक क्षेत्रमा खर्च गर्दा लाभ हुने बताए ।

No description available.

त्यस्तै नेकपा बाजुराका अध्यक्ष गगन रावलले नेता शाहीलाई जन्मदिनको शुभकामना दिदै भने जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा खर्च गर्नु राम्रो कुरा भएको बताए ।

No description available.

त्यसै गरी नेता शाहीको जन्मदिनको अवसरमा शुभकामना दिन पुगेका नेता शाहीका शुभचिन्तकहरुले अनाबश्यक खर्च गरेर बर्थडे पाटीको आयोजना गरि जन्मोत्सब मनाउनु भन्दा विद्यालयलाई सानो भएपनि नगद सहयोग र स्टेशनरी सामाग्री सहयोग गरेकोमा धन्यवाद दिएका थिए । विद्यालय संचालन भएदेखि नै अभिभावकीय जिम्मेवारी पुरा गर्दै निरन्तर विद्यालयलाई सहयोग गरेको भन्दै विद्यालयका प्रिन्सिपल धर्मबहादुर कार्कीले शाहीलाई जन्मदिनको शुभकामना सहित धन्यबाद ब्यक्त गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार