• होमपेज
  • समाचार
  • काँग्रेस नेता गिरीलाई पितृशोक, देउवाद्वारा दुःख व्यक्त

काँग्रेस नेता गिरीलाई पितृशोक, देउवाद्वारा दुःख व्यक्त

  • आइतवार, फाल्गुन २३, २०७७
सेयर गर्नुहोस् :
काँग्रेस नेता गिरीलाई पितृशोक, देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका पिता प्रजातन्त्र सेनानी लोकमणि गिरीको आज तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य दीपक गिरीलगायत सबै शोकसन्तप्त परिवारजनमा पार्टी र अफ्नो तर्फबाट समवेदना प्रकट गरे ।

विसं १९९४ मा जन्मनुभएका गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार