बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरामा ४ स्थानिय तहका ७ हजार लाइ काेराेना विरुद्धको खोप लगाइदै

बाजुरामा ४ स्थानिय तहका ७ हजार लाइ काेराेना विरुद्धको खोप लगाइदै

  • आइतवार, फाल्गुन २३, २०७७
बाजुरामा ४ स्थानिय तहका ७ हजार लाइ काेराेना विरुद्धको खोप लगाइदै

बाजुरा–बाजुरामा आजदेखि कोरोना विरुद्धको तेस्राे चरणको खोप अभियान सञ्चालन गरिने भएको छ। बाजुरा जिल्लाको ४ वटा स्थानिय तहमा ७ हजार १ सय ५६ लाइ खोप दिने तयारी रहेकाे स्वास्थ्य कार्यलयका प्रमुख दयाकृष्ण पन्तले वताए। याे चरणका लागि १९ हजार खाेप अाबश्यकता हाे, ७ हजार मात्र अाएपछि माथिल्लाे तहका ४ स्थानिय तहमा खाेप शुरू भएकाे कार्यलयले जनाएकाे छ ।

आज (आइतबार) देखि चैत्र १५ गतेसम्म हिमालि, जगन्नाथ, स्वामिकार्तिक र बुढिनन्दा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको हो। लगाउने ठाँउमा तयारी पुरा गरेर खाेप लगाउन शुरू गरिसकेकाे कार्यलयले जनाएकाे छ ।

याे चरणमा शुदुरपश्चिम प्रदेशका ५५ वर्षमाथिका ३ लाख ६३ हजार जनसंख्यालाई खोप दिने सरकारको तयारी छ। ५५ वर्षमाथिका सबैलाई खोप दिने सरकारको तयारी भएपनि १ लाख २० हजार खोप मात्रै संघीय सरकारले पठाएको कारण सुरुमा ६५ वर्षमाथिकालाई खोप दिने तयारी गरिएको बताइएको छ।

सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता एंव स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, जनप्रतिनिधि पत्रकार र अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी गरी ३८ हजार ३ सय २ जनालाई खोप दिइएको थियो। दोस्रो चरणमा भने ५५ वर्षमाथिका ३ लाख ६३ हजार जनसंख्याको विवरण तयार गरिएपनि संघीय सरकारले १ लाख २० हजार खोप पठाएकोले अहिले ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने र थप खोप आएपछि ५५ वर्षमाथिकालाई समेत कोरोना विरुद्धको खोप लगाइने प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

दार्चुलामा ७८ खोप केन्द्रबाट जिल्लाका ७ हजार, बैतडीमा ४८ खोप केन्द्रबाट १३ हजार, डोटीमा ६५  खोप केन्द्रबाट १० हजार ५ सय, बाजुरामा ६९ खोप केन्द्रबाट ७ हजार, अछाममा २ सय ५६ केन्द्रबाट १४ हजार ४ सय ९०, डडेलधुरामा ५२ खोप केन्द्रबाट ९ हजार ८ सय ८२ र बझाङमा  ४८ खोप केन्द्रबाट ९ हजार ५ सयलाई खोप लगाउन मिल्ने गरी कोभिसिल्ड खोप प्राप्त भएको जिल्लास्थित स्वास्थ्य कार्यालयहरुले जनाएका छन्।

चर्चामा

सम्बन्धित समाचार