शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

  • आइतवार, फाल्गुन २३, २०७७
प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय  शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको छ । प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।

दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ । यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

चर्चामा

सम्बन्धित समाचार