शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा बरामद भएका सामान चोर्ने ४ प्रहरी नियन्त्रणमा, डीएसपी विष्टले लुकाए सूचना

धनगढीमा बरामद भएका सामान चोर्ने ४ प्रहरी नियन्त्रणमा, डीएसपी विष्टले लुकाए सूचना

  • शनिबार, फाल्गुन २२, २०७७
धनगढीमा बरामद भएका सामान चोर्ने ४ प्रहरी नियन्त्रणमा, डीएसपी विष्टले लुकाए सूचना

धनगढी– बिहिबार राति कैलालीको धनगढी उपमहानगरपालिकास्थित बाङ्ग्राकटानबाट जिल्ला प्रहरी कार्यालय कैलाली अन्तरगतको टाइगर टोली(क्यूआरटी)ले भारतबाट अवैध रुपमा भित्र्याइएका सामान बरामद गर्‍यो। राति करिब २ बजे उनीहरुले १० पोका कपडा बरामद गरेका थिए।

सामान बरामदपछि उक्त टोलीले जिल्ला प्रहरीलाई खबर गर्दा प्रहरी सहायक निरीक्षक जीतबहादुर देउवाको कमाण्डमा खटिएको टोली सामान ल्याउन बाङ्ग्राकटान गएको थियो। उक्त टोली बरामद भएका सामान ल्याएर जिल्ला पुग्यो। तर बरामद भएका १० पोका मध्ये प्रहरीको गाडी पछाडि राखिएको १ पोका कपडा गायब भयो।

पछि सोधखोज गर्दा केही कपडा प्रहरी गाडीको मुनी र केही पानी ट्याङकीमा भेटिएको प्रहरी स्रोत बताउँछ। सोधपुछपछि त्यो १ पोकामा भएका करिब १ सय ५० थान कपडा ४ जना प्रहरीले नै लुकाएको खुलेको स्रोतले बतायो। उक्त १ पोका सामान लुकाउने ती ४ प्रहरीलाई शुक्रबार कैलाली प्रहरीले थुनामा राखेको समेत ती प्रहरी अधिकारीले दिनेशखबरलाई बताए। उनका अनुसार नियन्त्रणमा लिइएका मध्ये गाडी चालक र केही प्रहरी जवान छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) प्रतिक विष्टलाई बुझ्दा उनले कोही पनि प्रहरी थुनामा नरहेको दाबी गरे। उनले सामान भने बरामद भएको बताएका छन्। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार