शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • समाज
  • सेवा गर्नुपर्छ भन्ने भावनाले दुुर्गममा आएकी हुुँ डा. जस्मिता बलमपाकी (भिडियो सहित)

सेवा गर्नुपर्छ भन्ने भावनाले दुुर्गममा आएकी हुुँ डा. जस्मिता बलमपाकी (भिडियो सहित)

  • शनिबार, फाल्गुन २२, २०७७
सेवा गर्नुपर्छ भन्ने भावनाले दुुर्गममा आएकी हुुँ डा. जस्मिता बलमपाकी (भिडियो सहित)

लक्ष्मीराज पाध्याय
बाजुरा– डा. जस्मिता बलमपाकी अहिले दुुर्गमका बिरामीको सेवा दिनमा ब्यस्त छिन् । दुुर्गममा चिकित्सक नबस्ने समचार आइरहँदा बलमपाकी भने बाजुराको दुुर्गम जगन्नाथ गाँउपालिकामा पुुगेर सेवा दिइरहेकि छन् । अर्को उनि महिला चिकित्सक हुुन्, उनि मेडिकल काउन्सिलको परिक्षामा पास भएपछि पहिलो पटक जागिर खान दुुर्गम गाँउमा पुुगेकी हुुन् ।
दुुर्गममा चिकित्सक नआउने समस्या त छदै छ, अझ महिला चिकित्सक आउनुुले पनि जस्मितामा बिरामीको सेवा गर्ने भाबना रहेको पाईन्छ । जस्मिताले बडिमालिका खबर सँगको छोटो कुराकानीमा म पैसा भन्दा पनि सेवा गर्नुुपर्छ भन्ने भावनाले दुुर्गममा सेवा दिन आएको वताएकि छन् ।
जस्मिताको घर कैलालीको गोदावरी नगरपालिका १ अत्तरीया हो । उनि मध्यम बर्गिय परिवारमा जन्मेकी हुुन् । बुुवा र आमा दुुबै सरकारी जागिर हुुन् । लुुम्बीनि मेडिकल कलेज पाल्पामा एमबिबिएस पढेर गत कार्तिक १ गते मेडिकल काउन्सिलको परिक्षा पास गरेकी हुुन् । उनि भन्छन्, पास हुुने बित्तिकै पहिलो सेवा गर्ने इच्छाँ दुुर्गममा बन्यो, त्यहि अनुुसार जगन्नाथ पुुगेको वताईन् ।
जस्मिता जगन्नाथ गाँउपालिकाले दिएको तलब भत्ता भन्दा राम्रो उनि शहरबजारमा अस्पतामा काम गरेर कमाउन सक्छन् । तर उनको पहिलो एउटै लक्ष्य थियो, दुुर्गममा आर्थिक अभाबमा सेवा नपाएका बिरामीको उपचारका लागि पुुग्नुु थियो, त्यहि अनुुसार पहिलो रोजाई जगन्नाथ बनेको छ ।
महिला चिकित्सक दुुर्गममा सेवा दिन पुुग्दा बर्षौदेखी रोग लुुकाउदै आएका महिलाहरुले पहिलो पटक खुुलेर उपचार गर्न पाएका छन् । गाँउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशी भन्छन्, महिला चिकित्सक गाँउपालिकामा आएपछि रोग लुुकाउदै आएका महिलाहरुले त पहिलो पटक उपचार पाए नै । त्यो सँगै पैसा नभएर सामान्य उपचारका लागि जिल्ला बाहिर जान नसक्नेले सेवा पाएको जोशी बताउछन् ।
जस्मिता दैनिक चालिस भन्दा बढि बिरामीको उपचार गर्ने गरेकी छन् । धेरै जसो पेट दुुखेको बिरामी, महिलाको पाठेघर सम्बन्धि समस्या, चिलाउने, दम, छालाको बिरामी आउने गरेको उनले वताईन् । महिलाहरु शुुरुका रोग लुुगाउने गरेका छन्, बिस्तारै परामर्श दिदै जाँदा समस्याका बारेमा खुुल्ने गरेका छन्, दैनिक पाठेघर सम्बन्धि समस्या, सेतो पानि बग्ने जस्ता समस्या लिएर १५ देखी २० जना महिलाहरु आउने गरेको उनले वताईन् ।
उपचार सँगै बिरामीलाई परामर्श दिदा सेवा नै प्रभाबकारी हुुने हुुँदा पनि अहिले सम्म आउने बिरामी सबै सन्तृष्ट भएर जाने गरेको जस्मिताले वताईन् । धेरै बिरामी सञ्चो भएर खुुशी भएर जान्छन्, त्यहि नै मेरो कमाइ र सम्पत्ति भएको बताउँछन् । सेवा प्रभाबकारी हुुनुमा सबैभन्दा बढि स्टाफ बिचमा समन्वय र गाँउपालिकाको सहयोग रहेको वताँउछन् ।
म आफै खुुशी छुु, बिरामी पनि रोग निको भएर खुुशी हुुन्छन्, दुुर्गममा छोटो समयमा सेवा गर्न पाँउदा धेरै खुशि भएको बताँउछन् । मलाइ दुुर्गममा काम गर्ने शुुरु देखी इच्छा भएकाले यहाँ आएको हुु । म पनि मध्यम बर्गीय परिवार जन्मेकी हुुँ, दुुख अभाब र समस्या राम्रो सँग जानकारी छ त्यसैले यहाँ आउन प्रेरित भएको वताईन् ।
आफुु पढेको कलेजमा पनि महिलाका यस्ता समस्या धेरै आउने गरेका थिए । मेरो मम्मि पनि नर्स हो, २० बर्ष सेवा गर्नुु भयो । उहाँले पनि दुुर्गममा काम गर्नुु भएको छ । बुुवा पनि दुुर्गममा जागिर गरेकोले मलाई दुुर्गमका समस्या जानकारी पाएको थिए । परिवार बाट थाहा पाए कि दुुर्गममा पैसा नपाएर धेरैले रोग लुुकाएको गरेका छन् । बिकटमा धेरै समस्या छ, मैले काम गर्दा घरपरिवारलाइ आच आउने काम दिएको छैन् । मेरो परिवार एकदमै सहयोगि भएकोले म यहाँ पुुगेकी हुुँ जस्मिता भन्छन् ।
जस्मिता थप्छन्, राज्यले पनि ७० प्रकारको औषधि दिइरहेको छ । राज्यले पनि हेरिरहेको छ, म चाँहि राज्यले केही गरेको छैन्, भन्ने मा छैन्, सहयोग गरिरहेको छ । शुुरुमा म अब बस्न सक्दिन भन्ने लागेको थियो । तर यहाँका बासिन्दामा मानवता धेरै रहेको अर्को गाँउपालिका र स्टाफले परिवारको जस्तै माया दिएको कारणले सेवा दिनुुपर्छ भन्ने भावना आएको उनि बताँउछन् । जस्मिता भन्छन्, जब सम्म एमडिमा नाम निस्कन्छ, तब मात्र यो ठाँउ छोडछुु, म यसै ठाँउमा रमाइरहेकी छु ।a

चर्चामा

सम्बन्धित समाचार