बुढिगंगामा कर्मचारी माथि हातपात र गालि गलौज गरेको भन्दै वडाअध्यक्षका छोरा प्रक्राउ
बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका ७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा दिलिप केसी कर्मचारी माथि हातपात र गालि गलौज गरेको भन्दै प्रहरीले प्रक्राउ गरेको छ । बिहिवार दिउसो नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात, गालि गलौज गरेको भन्दै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कबिन्द्र बोहोराले वताएका छन् । […]