सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • बुढीगंगा नगरपालिकाले गर्याे शिक्षाविद् कृष्णबहादुर सिंहलाई सम्मानित

बुढीगंगा नगरपालिकाले गर्याे शिक्षाविद् कृष्णबहादुर सिंहलाई सम्मानित

  • शनिबार, असार १६, २०८०
बुढीगंगा नगरपालिकाले गर्याे शिक्षाविद् कृष्णबहादुर सिंहलाई सम्मानित

 बाजुरा  – बुढीगंगा नगरपालिकाले  शिक्षाविद् कृष्णबहादुर सिंहलाई सम्मानित गरेकाे छ ।

 बाजुराकाे शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै शिक्षाविद कृष्णबहादुर सिंहलाई धनगढीमा सम्मान गरिएको हाे । बुढीगंगा नगरपालिकाले आज सिंहलाई स्वर्गीय ‘नरसिंह गिरी शैक्षिक’ पुरस्कारबाट सम्मान गरेको छ।

बुढीगंगा नगरपालिकाको आठौँ नगरसभाबाट स्थापना गरिएको स्वर्गीय नरसिंह गिरी शैक्षिक पुरस्कारबाट सिंहलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

खप्तड छेडेदह गाउँपालिका–१ काँडा हाल कैलालीको धनगढी निवासी कृष्णबहादुर सिंहले बाजुराको शैक्षिक विकासमा  पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै उनलाइ सम्मान गरिएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बाँनियाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार