सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा तह्रौ (बर्षे) अधिवेशन सम्पन्न

जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा तह्रौ (बर्षे) अधिवेशन सम्पन्न

  • सोमवार, असार १८, २०८०
जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा तह्रौ (बर्षे) अधिवेशन सम्पन्न

बाजुरा –  जगन्नाथ गाउँपालिकाले दोस्रो गाउँसभा तथा तह्रौ (बर्षे) अधिवेशन सम्पन्न भएको छ ।

गाउँसभामा सहभागिहरुले गाउँपालिकामा अधिकांश योजनाहरु  संघ  तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयमार्फत गाउँपालिकामा निर्माण गरिने योजनाहरु वडा कार्यालय तथा गाउँ कार्यपालिकाको निणर्य विपरित कुनै निश्चित व्यक्ति, समुह र संस्थालाई लाभ हुने गरि मात्र आउने गरेका बताएका थिए ।

गाउँपालिकाकाे  गाउँसभाले त्यस्ता   गाउँपालिकाको सिफारिस विना आएका योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । व्यक्तिगत स्वार्थ सिद्ध गर्ने गरि संघ र प्रदेशबाट ल्याउने योजनाहरु कार्यान्वयन नगर्ने  गाउँपालिकाले जनाएकाे  छ ।

गाउँपालिकाको तेह्रौ गाउँसभाले त्यस्ता योजनाहरुको कार्य सम्पन्न भएता पनि सो कार्यको   पालिकाकाे सिफारिस विना   अाएका याेजनाहरु कार्यान्वयन नगर्ने लगायत गाउँसभाले १८ ओटा विधेयक समेत सर्वसम्मत पारित गरिएका गाउँपालिकाले जनाएको छ । May be an image of 6 people and text

त्यस्तै गाउँपालिकाको आर्थिक बर्ष ०७९।८०को निति तथा कार्यक्रममा उत्कृष्ट काम गर्न विद्यालय, स्वास्थ्य संस्था तथा कर्मचारीहरुलाई पुरिस्कृत समेत गरिएको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन ।

विद्यालय अन्तर्गत प्रथममा महाँदेव आधारभुत विद्यालय मनिकाँडा १० हजार, द्धितियमा भवानी आधारभुत विद्यालय पैंगाँउ ७ हजार र तृतियमा धवलपुरा आधारभुत विद्यालय लुमालाई ५ हजार नगद सहित सम्मानित भएको वडा नं पाँचका वडा अध्यक्ष गौरी सार्कीले बताए । May be an image of 6 people and text

गाउँ सभामा स्वास्थ्य इकाई अन्तर्गत प्रथममा सामुदायीक स्वास्थ्य इकाई वडा नं ५ लाई १० हजार, द्धितियमा हुनीमहती स्वास्थ्य चौकी वडा नं ३ लाई ७ हजार र तृतियमा सामुदायीक स्वास्थ्य इकाई वडा नं ६ डाँडाखर्क नगद ५ हजार सहित सम्मानित भएको उनले बताए ।

त्यस्तै उत्कृष्ठ गाउँपालिकामा कार्यारत कर्मचारीमा लेखा अधिकृत दिलिप कुमार शाही नगद ५ हजार, रोजगार संयोजक लक्ष्मण जोशी ५ हजार, इन्जिनियर विनोद कुमार शाही ५ हजार, प्रशासन सहायक पाँचौ राजेन्द्र प्रसाद जोशी ५ हजार, सुचना प्रविधि अधिकृत राजन शाही ५ हजारसहित सङ्गमानित भएका छन । May be an image of 10 people and text

यस्तै सि.अ.हे.व सनत कुमार शाही ५ हजार,सेवा निबृत शिक्षक छविलाल बोगटी ५ हजार, अ.हे.व राजेश सार्की ३ हजार, स्टोर सहायक उब्ज सार्की ३ हजार, कार्यालय सहयोगी मिना गिरी कार्यालय २ हजार नगद सहित प्रशंसा पत्र, खादाले सम्मानित गरेको गाउँपालिकाले जनाएकाे छ ।  May be an image of 5 people and text

चर्चामा

सम्बन्धित समाचार