बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जना घाइते

बाजुराकाे कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जना घाइते

  • बिहिबार, असार १४, २०८०
बाजुराकाे कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जना घाइते

बाजुरा– बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा  जीप दुर्घटना भएर ७ जना  घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ ।

जीप दुर्घटना हुँदा मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परिवार, सोही वडाका वर्ष ३० का पुन्न सार्की, ३० वषकै नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्ण बहादुर सार्की, हिमाली गाउँपालिका वडा नं ४ का वर्ष ३५ का छम्मा सुनार, वडा नं ६ का वर्ष १८ का मान बहादुर सार्की र बुढिन्नदा २ का बर्ष २८का दान बहादुर सार्की  घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइतेहरुकाे टाउको,  ढाड, कम्मर, आखाँ, नाकमा चोट लागेको जनाइएको छ । १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दिउँसो साढे १ बजे सडकबाट करिव ३ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार