बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • संरक्षण र सम्बर्द्धनकाे प्रखाइमा बाजुराको छेडेदह ताल

संरक्षण र सम्बर्द्धनकाे प्रखाइमा बाजुराको छेडेदह ताल

बर्षाैदेखि पहिराेकाे चपेटामा पर्दा सयौं वस्ती विस्थापित हुने सम्भावना

  • बिहिबार, असार २१, २०८०
संरक्षण र सम्बर्द्धनकाे प्रखाइमा बाजुराको छेडेदह ताल

टेक बहादुर बुढा–बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बीचमा रहेको छेडेदह ताल लामो समय देखि संरक्षण र सम्बर्द्धन काे पर्खाइमा रहेकाे छ। साबिकको वडा नं ९ खातीगाउँ र आटीचौर गाविसको वडा नं–१ लम्गाउँका स्थानीय बीच लामो समयसम्म सिमाना विवाद हुँदै गएपछि ताल ओझेलमा परेकाे छ।

खप्तड छेडेदह गाउँपालिका वडा नं –७ का वडा अध्यक्ष खगेन्द्र रावतले एउटै गाउँपालिकाको –२ वडाको सिमानामा रहेको यो ताल दुबै वडाका स्थानीय बीच विवादीत अबस्थामा रहेको बताएका छन ।

त्यो विवादको अहिलेसम्म कुनै टुङ्गो नलागेपछि तालको संरक्षण नभएको बताए । साबिकका गुदुखाती –९ खाती गाउँ र आटिचौर –१ लम्गाउँ बीचमा रहेको यो ताल स्थानीयले आ–आफनाे क्षेत्रमा परेको भन्दै अडान लिन थालेपछि संरक्षणका लागि विभिन्न निकायसँग पहल कदमी गर्न नै निकै समस्या भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकार गठन भएपछि अहिले यो ताल खप्तड छेडेदह गाउँपालिका ४ र ७ को बीचमा पर्छ । गतसाल बाजुरामा लगातार पर्दै गएको अविरल वर्षातका कारण वडा नं –४ को खाती गाउँको पट्नापानीमा गएको पहिरोले खोलिने सम्भावना समेत देखिएको छ । अहिले पनि बर्षायम सुरु भएकाले सरकारले कुनै याेजना बनाउन नसकेमा ताल खाेलिएर सयौं परिवार बिस्थापित हुने स्थानीयवासीले बताएका छन ।

यती बेला तालको संरक्षणका लागि केही काम गर्न सकिने भएपनि पहिरोको समेत जोखिम भएपछि स्थानीय सरकारबाट कुनै सम्भावना नदेखिएको खप्तड छेडेदह गाउँपालिका –४ का वडा अध्यक्ष दलबहादुर रावतले बताए । वडामा अध्यक्ष रावतले भने अहिलेसम्म सिमा बिवाद टुङ्ग्याउन नसकेकाले समाधान गर्नका लागि स्थानीयहरुसंग छलफल भइरहेकाे बताए ।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट यो ताल हर्नेका लागि दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । प्राकृतिक साैन्दर्यताले भरिपूर्ण छेडेदह ताल सुदूरपश्चिमकै एक पर्यटकीय स्थलको रुपमा चिनिने तालको संरक्षण गर्नु अति आवश्यक रहेको सराेकारवालाहरु बताउने गरेका छन ।

छेडेदह ताल मार्तडी थामलेख सडक खण्डको छेउमै पर्ने गर्छ । रारा खप्तड पैदल यात्रासँगै जोडिएकोले तालको महिमा बढी छ । तर संरक्षण अभावमा ओझेलमा छ । तल हेर्दा पनि सुन्दर छ, चारैतिर हरियाली, बीच भागमा मनोमहक नै देखिन्छ, यसलाइ संरक्षण गर्न आबश्यक रहेको ताल हेर्न पुगेको स्थानियले वताएका छन् ।

खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले भने छेडेदह तालकाे सिमा बिवाद र संरक्षण तथा सम्बर्द्धनका लागि गाउँपालिका पनि लागि परेको बताए । तर दुई गाउँको विवाद नटुङ्गेका कारण गाउँपालिकाले पनि केही गर्न सकिएको छैन् ।

अध्यक्ष रावतले भने खप्तड छेडेदह गाउँपालिकाको अहिले ४ र ७ नम्बर वडामा पर्ने यो तालको जती महिमा आर्कषण छ त्यती महत्व र स्थान पाउन नसकेको बताउनुभयो । जिल्लाकै एक आकर्षणको रुपमा रहेको यो ताल सिमा विवादकै कारणले संरक्षणकाे ओझेलमा परेको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ ।

छेडेदह ताल बाजुरा जिल्लाकै एक प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेकोले यसमा गाउँपालिकाले मात्र केही काम गर्न नसकिने भएकोले यसका लागि स्थानीयसँगै प्रदेश र सङ्घीय सरकारको ध्यान दिन जरुरी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार