बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा ‘लम्पी स्किन’ रोगबाट ७ हजार बढी पशुचौपाय मरे ३० हजार बढी संक्रमति 

बाजुरामा ‘लम्पी स्किन’ रोगबाट ७ हजार बढी पशुचौपाय मरे ३० हजार बढी संक्रमति 

  • बिहिबार, असार २१, २०८०
बाजुरामा ‘लम्पी स्किन’ रोगबाट ७ हजार बढी पशुचौपाय मरे ३० हजार बढी संक्रमति 
बाजुरा–बाजुराका पशुचौपायमा ‘लम्पी स्किन’ भाईरल रोग बाजुरा जिल्लाभरी फैलिएको छ । अहिले भाईरस जिल्ला भरि फैलिएको छ । बाजुरामा लम्पी स्कीन रोगबाट ७ हजार पशुचौपाय मरेका छन । ३० हजार बढी संक्रमित भएका जिल्ला भेटेनरी अस्पताल बाजुराका प्रमुख पशुपति नाथले बताएका छन् ।
रोग फैलिदा किसान चिन्तित बनेका छन् । रोगले गोरु मरेपछि बाजुराका किसानले धान रोप्न पाएका छैनन । जोत्ने गोरु मरे पछि किसानका खेत बाझो रहेन अवस्थामा रहने  भएका छ । कसैको गोठनै खालि भएका छन् । गत भदौ महिनामा बडिमालिका नगरपालिका १ मा पहिलो पटक रोगको लक्षण देखिए पछि परिक्षणको लागि पठाएकोमा लम्पी स्कीन भाईरस रोग भएको पत्ता लागेको थियो ।
बाजुरामा रोग तिब्र गतिमा फैलिरहेको छ, औषधि अभाव छ रहेको छ । लम्पी स्कीन भाईसरको यो नै औषधि भन्ने छैन ज्वरो कम गर्ने, अनि सामन्य खोप लगाउने गरेको प्रमुख नाथले बताए ।  रोग झिगाबाट सर्ने भएकाले किसानलाई प्राथामिक उपचारको लागि सल्लाह दिने र पशु स्वास्थ्यकर्मीले पनि प्राथामिक उपचार गरिरहेका उनले बताएका छन् ।
खोप महँगो हुन्छ एक डोज खोपको ३ देखी ५ सय सम्म पर्छ । यसरी बाजुराको एउटा पालिका बुढीगंगा नगरपालिकामा पशु चौपायको तथ्याङ्कलाई हेर्दा बुढीगंगा नगरपालिकामा मात्र २५ लाख बराबरको खोप चाहिने देखिन्छ यो  जिल्ला भरि त बजेटले नै नभ्याउने भएको नाथले बताए । खोप खरिद गर्न बजेट नै छैन । प्राथामिक उपचारको सल्लाह बाहेक किसानलाई अरु केही दिन नसकेको उनले बताए ।
‘लम्पी स्कीन भाइरल’ यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, –याल र सिँगान काँड्ने, गर्भीणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखा पर्ने गर्दछ । सङ्क्रमण बढेपछि पशुचौपाया मर्नेसमेत गर्दछन् ।
 रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । यो रोग झिङ्गा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।
पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएपछि बुढिगंगा नगरपालिका ६ का वडा अध्यक्ष हेमराज जैशी निशुल्क उपचारका लागि बुढिगंगा नगरपालिका किसानको घरगोठमा पुगेर उपचार गरिरहेका छन् ।
जैशीले पशु विकास कार्यकर्ता अध्ययन गरेका हुन् । उनले जेटिए पढेको भएकाले आफै औषधि खरिद गरेर पशुको उपचारमा कुदिरहेका छन् । शुरुमा आफ्नो वडा बाट उपचार शुरु गरेको जैशी अहिले पालिका अन्य वडाहरुमा पुगेर पशुको उपचार गरिरहेका छन् ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ । पशुचिकित्सका अनुसार सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्ने वताएका छन् ।
“खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन् ।” यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।

चर्चामा

सम्बन्धित समाचार