बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • रवि लामिछानेद्धारा नारी टेलिभिजनकाे बाजुराबाट उद्धघाटन

रवि लामिछानेद्धारा नारी टेलिभिजनकाे बाजुराबाट उद्धघाटन

  • बुधबार, असार २०, २०८०
रवि लामिछानेद्धारा नारी टेलिभिजनकाे बाजुराबाट उद्धघाटन

बाजुरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाण्डाैँबाट स‌चालन हुने नारी टेलिभजनकाे  उद्धघाटन गरेर बाजुराबाट शुभारम्भ गरेका छन।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाजुरा पुगेर बुधबार नारी टेलिभिजनकाे सुभारम्भ तथा उद्धघाटन गरेका हुन । नारि टेलिभिजन बाजुराको बुढिगंगा बाट ८४ बर्षिय नन्दा साउदद्वारा औपचारीक रूपमा दिप प्रज्वलन तथा लामिछानेले लाइभमार्फत   सुरूवात भएको जनाएकाे छ। काठमाण्डाैबाट स‌चांलित “नारि टेलिभिजन” एचडीको बाजुराको बुढिगंगा नगरपालिका १० सिगाडा बाट एक औपचारीक  कार्यक्रमका बिच  उद्घाटन गरेकाे बडिमालिका खवरका समचारदाता टेक बहादुर बुढाले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रबि लामिछानेको प्रमुख आतिथ्य र बिशिष्ट अतिथि बुढिगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानिया, उपमेयर माया खड्का कुवर रहेका छन भने अतिथिमा वडाअध्यक्ष तथा नगर प्रबक्ता हेमराज जाेशी, दल बहादुर साउँद लगायत रहेका छन । सोहि कार्यक्रममा बुढिगंगा नगरपालिका एचआइभी संक्रमित महिला र वडा नम्बर १० का एकल महिलालाई सहयोग कार्यक्रम रहेको जनाएकाे छ । एकल महिला तथा एचआइभी संक्रमित महिलालाइ थप आयआर्जन तथा सिपमुलक कार्यक्रम लागि समन्वय समेत अगाडि बढाइने श्राेतले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार