बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिकाका दाजुभाइ जेठ ३ गतेदेखि बेपत्ता

खप्तड छेडेदह गाउँपालिकाका दाजुभाइ जेठ ३ गतेदेखि बेपत्ता

  • आइतवार, असार १७, २०८०
खप्तड छेडेदह गाउँपालिकाका दाजुभाइ जेठ ३ गतेदेखि  बेपत्ता

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका दुई दाजुभाइ जेठ ३ गतेदेखि  भारतमा बेपत्ता भएका छन्। भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका  उनिहरु वेपत्ता अबस्थामा रहेका पारिवारिक स्राेतले जनाएकाे छ । ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत एक महिनादेखि बेपत्ता छन्। उनीहरु गत जेठ ३ बाट सम्पर्क विहीन भएका हुन्।

अर्जुनकी श्रीमती जाना रावतका अनुसार उनीहरुले पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको भनेका थिए। खबर आएको तीन घण्टापछि दुर्ब जना सम्पर्क विहीन भएका हुन्। दाजुभाइकाे भारत तथा नेपालका विभिन्न  ठाउँमा खाेजीकार्य  गरेपनि अहिलेसम्म नभेटिएका र खाेजीकार्य जारी रहेकाे गाउँपालिकाले जनाएकाे छ ।

बेपत्ता दाजुभाइको खोजी गरिदिनका लागि पीडित परिवारले स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई समेत हारगुहार गर्दै आएका छन्। छोराछोरी पढाउन र घर खर्च धान्नकै लागि रावत दाजुभाइ गत मङ्सिरमा कामको खोजीमा भारतको पौडी पुगेका थिए।

चर्चामा

सम्बन्धित समाचार