शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • ६ महिनामा ३६ मानव अधिकार तथा ज्याजतिका घटना

६ महिनामा ३६ मानव अधिकार तथा ज्याजतिका घटना

  • शुक्रबार, असार १५, २०८०
६ महिनामा ३६ मानव अधिकार तथा ज्याजतिका घटना

बाजुरा– बाजुरामा ६ महिना मा ३६ ओटा मानव अधिकार तथा ज्याजतिका घटना घटेको तथ्याङ्क सार्ववजनिक भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानब अधिकार बर्ष पुस्तक २०२४ का लागि अर्ध बार्षिक पूर्व समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्कमा १ जनवारी ०२३ देखी जुन महिनासम्मका जिल्लामा मानव अधिकार तथा ज्याजतिका संकलित घटना सार्वजनिक गरिएको इन्सेक बाजुरा प्रतिनिधी पदम बहादुर सिंहले बताए । ६ महिनाको अवधिमा ३६ वटा घटनाको विवरण सर्वजनिक गरिएको मा जवरजस्ती करणी ५, बहुविवाह ४, घरलु हिंसा २५ जातिय छुवाछुत २ ओटा रहेको ईन्सेक प्रतिनिधी सिंहले बताए ।
कार्यक्रममा जिल्लामा मानव अधिकारसंग सरोकार राख्ने जिल्ला स्थित सरकारी तथा गैरसरकारी सस्था प्रहरी पत्रकार, स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले ६ महिनाको अवधिमा यत्रो संख्याका घटना हुनु दुखत कुरा रहेको बताए । राज्य पक्षबाट हुने मानब अधिकार ज्याजतिका घटना बारे प्रशासनीक क्षेत्रका हिसाबमा न्यूनिकरणको लागि सक्दो पहल कदमी गर्ने र यस्ता खालका घटनाको राज्यले उचित क्षेति पूर्ति दिएर पीडित परिवारलाई न्यायीको अनुभुति गराउनु पर्ने प्रजिअ खड्काले बताए । यस्ता सवालमा प्रकासनीक क्षेत्रबाट आफु कटीबद्ध रहेको कुरा प्रजिअ खड्काले बताए । ग्रामिण क्षेत्रका घटनाहरु बाहिर ल्याउन स्थानिय सरकारसंग सरहकार्य गर्नु पर्ने उनले बताए ।
त्रिवेणी नगरपालिकाका नगरप्रमुख कणर्बहादुर थापाले इन्सेक र स्थानिय तहको समन्वय आवश्यक रहेको बताएका थिए । स्थानिय तहमा न्यायीक समिति पनि छ अधिकांस घरेलु हिंसा लेनदेन जस्ता थुप्रै मानव अधिकार तथा ज्याजतिका घटना न्यूनिकरण गर्न सहयोग गर्ने गरेकोले पनि जिल्लामा आउने घटनमा कमि भएको नगर प्रमुख थापाले बताए । समुदायमा विभिन्न प्रकारका घटनाहरूलाई सरकारी तथा गैरसरकारी माध्यमबाट उजागर गर्न जरूरी रहेको नगर प्रमुख थापाले बताए ।
नेपाल पत्रकार महासघका निबर्तमान अध्यक्ष प्रकाश सिंहले इन्सेकले मानब अधिकारका क्षेत्रमा गरेको काम प्रति प्रशंसा गरेका छन । इन्सेकले बाजुराको कुपोषण, बालविकाह, औषधि ब्यवस्थापन हलिया मुक्ती पुनस्तापनाको जस्ता कुरालाई अभिलेखी करणमा राख्नुपर्ने सुझाव समेत दिएका छन ।
त्यस्तै बडिमालिका नगरपालिकाका रोजगार संयोजक प्रमिला थापाले महिला हिंसाका घटना घट्नुको साटो बढ्नु चिन्ताको बिषय भएको बताईन । घरेलु हिसां बढ्नुको मुख्य कारण मदिरा रहेकोले स्थानिय तहले मदिरा ब्यबस्थापनमा ध्यान दिन जुरुरी रहेको थापाले बताइन ।

चर्चामा

सम्बन्धित समाचार