सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • मुक्तिकोटको माझँगाउ पहिरोले गाउँ नै चिराचिरा, ५१ परिवार उच्च जोखिममा

मुक्तिकोटको माझँगाउ पहिरोले गाउँ नै चिराचिरा, ५१ परिवार उच्च जोखिममा

  • आइतवार, असार १७, २०८०
मुक्तिकोटको माझँगाउ पहिरोले गाउँ नै चिराचिरा, ५१ परिवार उच्च जोखिममा

बाजुरा– बाजुराको स्वामिकार्तिक खापरगाउँपालिका १ मुक्तिकोटको माझँगाउ पुरै चिराचिरा परेको छ । २०७८ सालकाे कार्तिक १ गते देखी आएको बेमौसमी अबिरल बर्षाका कारण गाउँ नै चिराचिरा हुदा माझगाउँका ५१ परिवार उच्च जोखिममा रहेका छन् ।
हिउँदको समयमा खासै त्यति जोखिम नभएपनि बर्षा शुरु भए लगतै पुरै गाउँ जोखिममा रहेको स्थानिय लंक बहादुर बिकले वताए । गाउँको तल र माथि पहिरो रहेको छ भने गाउँ पुरै चिरा चिरा परेको उनले वताए ।
घाम लागेको दिनमा मात्र घर बस्ने गरेका छन् । पानि परेको दिनमा भने गाउँनै खालि गरेर नजिकै रहेको मुक्तिकोट प्राबिमा गएर बस्ने गरेको स्थानियले वताएका छन् । गत बर्ष गाउँको बिचमा पहिरो गएको थियो, भने गाउँ नै चिराचिरा परेको स्थानिय सतल बिकले वताएका छन् । घर मात्र रहेका जमिन पुरै चिराचिरा परेको बिकले वताए । केही परिवार राति गाउँ नजिकै रहेको बिद्यालयमा बास बस्ने गरेका छन् ।
यो गाउँ बाजुराको सबै भन्दा दुर्गम गाउँ र सबै भन्दा बढी गरिबिको मार खेपिरहेको गाउँ हो । बाह्रै महिना चरम खाद्य संकटको मार खेपिरहेने गाउँ बाढीपहिरोले चरम खाद्य संकट भएको छ । ५१ परिवारका ३ सय भन्दा बढी स्थानिय समस्या परेको गाउँपालिकाले वताएको छ ।
गाउँमा वालवालिका, महिला, बयबृद्ध, लक्षित वर्ग निकै समस्या परेका छन् । आकासमा कालो बादल लाग्ने बित्तिकै घर छोडेर बिद्यालय तथा खुला चौरमा जाने गरेको गाउँपालिका सुचना अधिकारी कुबेर शाहिले वताएका छन् । गाउँ पुरै जोखिम भएपनि राहत भने पाउन नसकेको स्थानियले वताएका छन् । जोखिम सबै दलित परिवारनै रहेका छन् ।
गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले पानि परेको दिनमा केही परिवार बिद्यालयमा बस्न आउने गरेको वताएका छन् । गाउँ पुरै उच्च जोखिममा रहेको रोकायाले वताए । जोखिम परिवारलाइ जिल्ला प्रशासन कार्यलयले सम्बन्धित निकायमा लेखेर पठाएको थियो । पुर्नस्थापना गर्न संघ सरकार, प्रदेश सरकारले नै लाग्नु पर्ने रहेको प्रशासनले वताएको छ । अर्को उनिहरुलाइ पुर्नस्थापना गर्नका लागि जग्गाको ब्यबस्थापन गर्न समस्या भएको पालिकाले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार