बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • राष्ट्रिय वृक्षारोपण दिवस सप्ताह: बाजुरामा पनि वृक्षारोपण गरि मनाइदै

राष्ट्रिय वृक्षारोपण दिवस सप्ताह: बाजुरामा पनि वृक्षारोपण गरि मनाइदै

  • शनिबार, असार १६, २०८०
राष्ट्रिय वृक्षारोपण दिवस सप्ताह: बाजुरामा पनि  वृक्षारोपण गरि मनाइदै

बाजुरा– राष्ट्रिय वृक्षारोपण दिवस २०८० को सप्ताहब्यापी कार्यक्रमको अवसरमा बाजुरा जिल्लामा बृक्षारोपण सप्ताह मनाईरहेको छ । डिभिजन बन कार्यालय बाजुरा र दुर्गाभन्जन गुल्म बाजुराको समन्वयमा ५ हजार बिरुवा रोपेर बृक्षरोपण सप्ताह मनाईने भएको हो । जिल्लाको बुढिगंगा नगरपालिका ८ मा रहेको छालीभेरा आमिखोरा सामुदायीक बनमा ५ हजार बिरुवा रोप्ने लक्ष्य रहेको डिभिजन बन कार्यालय बाजुराका प्रमुख भोजराज पाठकले बताए । सो सामुदायीक बनमा रिठा र लप्सीका ५ हजार बिरुवा रोप्ने लक्ष्य रहेको कार्यालय प्रमुख पाठकले बताए । डिभिजन वन कार्यालयको आयोजनमा दुर्गाभन्जन गुल्मको सहयोगमा यो दिवस सप्ताहब्यापी रुपमा मनाई रहेको डिभिजन बन कार्यालय प्रमुख पाठकले बताएका छन ।
बुढिगंगा नगरपालिका ८ मा रहेको छालभिरा आमिखोरा सामुदायीक बन भित्र रहेको अतिक्रमण भएको बन क्षेत्र फेर्ता ल्याएर सो क्षेत्रमा बृक्षारोपण गरिएको सामुदायीक बन उपभोक्ता समितिले जनाएको छ । सो क्षेत्रमा लगाएको रिठा र लप्सीले सामुदायीक बनलाई ठुलो लाभ उठाउन सक्ने र सामुदायीक बनको संरक्षण हुने सामुदायीक बन उपभोक्ता समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार