बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाजुरा आउदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाजुरा आउदै

  • मङ्लबार, असार १९, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाजुरा आउदै

बाजुरा–  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाजुरा आउने भएका छन्। असार २० गते बुधबार नारी टेलिभिजनकाे सुभारम्भ तथा उद्धघाटन गर्न बाजुरा आउने कार्यक्रम रहेकाे लामिछानेकाे सचिवालयले जनाएकाे छ । काठमाण्डाैबाट स‌चांलित “नारि टेलिभिजन” एचडीको बाजुराको बुढिगंगा नगरपालिका १० सिगाडा बाट असार २० गते उद्घाटन हुने भएको  सचिवालयकाे भनाइ रहेकाे छ । उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रबि लामिछानेको प्रमुख आतिथ्य र बिशिष्ट अतिथि बुढिगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानिया  उपमेयर माया खड्का कुवर  वडाअध्यक्षत दल बहादुर साउँद लगायतको सहभागितामा हुने सचिवालयले जनाएकाे छ । सोहि कार्यक्रममा बुढिगंगा नगरपालिका एचआइभी  संक्रमित महिला र वडा नम्बर १० का एकल महिलालाई सहयोग कार्यक्रम रहेको जनाएकाे छ । एकल महिला तथा एचआइभी संक्रमित महिलालाइ थप आयआर्जन तथा सिपमुलक कार्यक्रम लागि समन्वय समेत अगाडि बढाइने श्राेतले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार