शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पनि मनाइयाे राष्ट्रिय धान दिवस

बाजुरामा पनि मनाइयाे राष्ट्रिय धान दिवस

  • शुक्रबार, असार १५, २०८०
बाजुरामा पनि मनाइयाे राष्ट्रिय धान दिवस

बाजुरा–  बाजुरामा पनि धान दिवस मनाइएकाे छ ।  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बाजुरामा पनि मनाइएकाे हाे ।  असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन रहेकाे छ । कृषि ज्ञान केन्द्र बाजुराकाे आयाेजनामा संचालन भएकाे दिवसमा बडिमालिका नगरपालिका, गिफ्ट बाजुरा र मर्सि करप्स काे समन्वय तथा सहकार्यमा धान दिवस मनाएकाे कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जाेशीले बताए ।

No description available.

कृषि ज्ञान केन्द्र बाजुराकाे प्रागंणमा आैपचारीक रुपमा कार्यक्रम स‌चालन भएर बगरखेतमा गएर राेपाइ दिवस मनाइएकाे सुचना अधिकारी जाेशीले बताए । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरी प्रसाद पनेरुकाे अध्यक्षतामा स‌चालन भएकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख तुलसीराम राेकाया रहेका थिए ।

No description available.

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायक सिद्ध हुने कृषि ज्ञान केन्द्रकाे   विश्वास छ । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार