बाजुराका सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री
बाजुरा — आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाजुराका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत जिल्लाका सबै मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो । निर्वाचनका लागि आवश्यक सामग्री सहित ७० ओटा मतदान […]