मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टीबाट मार्तडी आउँदै गरेको जीप दुर्घटना, ७ जना घाईते

कोल्टीबाट मार्तडी आउँदै गरेको जीप दुर्घटना, ७ जना घाईते

  • बुधबार, मंसिर २१, २०७९
कोल्टीबाट मार्तडी आउँदै गरेको जीप दुर्घटना, ७ जना घाईते

बाजुरा — कोल्टीबाट सदरमुकाम मार्तडी आउदै गरेको जिप दुर्घंटना हुँदा ७ जना घाईते भएका छन । दिउँसो कोल्टी देखि मार्तडिका लागि एको यात्रु वाहक जीप विर्सैन नजिकै पल्टीदा सवार सात जना घाईते भएका हुन । कोल्टी बाट मार्तडी आउदै गरेको लु १ ज ४०३५ नम्मरको जिप बुढिनन्दा नगरपालिका ५ बिरसैनमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

१० जना सवार रहेको उक्त जीप दुर्घटना हुदाँ ७ जना समान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले बताएका छन । ईलाका प्रहरी कार्यालय कोल्टीका अनुसार जीपमा सवार रहेका १० जना मध्य सात जनालाई समान्य चोट लागेको प्रहरी नावय निरीक्षक कृष्णदत्त भट्टले जानकारी बताएका छन । घाईते सवै जना बाजुरा, हुम्ला र मुगुका रहेका  उनले बताएका छन ।

घाईते हुनेमा हुम्लाका सर्केगाड वस्ने ४५ वर्षिया कालीबहादुर वुढा, सोही ठाउँका २२ वर्षिया भैर वुढा, हुम्ला सिमीकोट २ वस्ने ४१ वर्षिया रन वुढा, मुगु तिन श्रीकोट वस्ने २७ वर्षिया ललिता रोकाया, सोहि ठाउँका २५ वर्षिया भीमबहादुर वानिँया, मुगु तिन रोल वस्ने ३५ वर्षिया गोरख बहादुर रोकाया र बुढीनन्दा नगरपालिका १० वस्ने ४५ वर्षिया जीत ल्वार घाईते भएका प्रहरीले जनाएकाे छ ।

घाईते सवै जनाको अहिले काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जनाएकाे छ । जीप अनियन्त्रीत भएर सडक भन्दा करीव १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार