मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको कोल्टिमा स्त्री रोग बिशेषज्ञ सेवा सुचारु

बाजुराको कोल्टिमा स्त्री रोग बिशेषज्ञ सेवा सुचारु

  • बिहिबार, मंसिर २९, २०७९
बाजुराको कोल्टिमा स्त्री रोग बिशेषज्ञ सेवा सुचारु

बाजुरा–बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा सुचारु भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र पालिकाको सहयोगमा सेवा सुचारु गरेको नगरप्रमुख जनक कुमार बोहोराले वताएका छन् ।
स्वास्थ्य केन्द्रमा स्त्री रोग बिशेषज्ञ डा. सोनाम गुरुङ र ओटी नर्स भगवती रावल मार्फत सेवा सुचारु भएको हो । बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन भएपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा पनि सञ्चालनमा ल्याउने नगरप्रमुख बोहोराले बताएका छन् ।
स्त्री रोग बिशेषज्ञ सेवा दिन कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आएर पहिलो पटक सेवा सुचारु भएको स्थानिय केशब बोहराले वताएका छन् । चिकित्सक ब्यबस्थापनका लागि लाम्रो प्रयास पछि स्वास्थ्य केन्द्रमा ल्याएको नगरपालिकाले जनाएको छ ।
स्त्री रोग बिशेषज्ञको ब्यबस्थापन सँगै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना मेडिकल अधिकृत रहेका छन् । कुनै बेला अहेबको भरमा सञ्चालन हुने बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले भने तिन जना चिकित्सक रहेका छन् । पटक पटक प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक बिहिन बनेको खबर आइरहने कोल्टिमा अहिले भने तिन जना चिकित्सले सेवा दिइरहेको स्थानिय बिस्न कार्कीले वताए ।
सोनाम गुरुङ स्त्री रोग बिशेषत्र चिकित्सक हुन् । डा. आशा शाही र डा. चेत बहादुर धामी मेडिकल अधिकृत हुन् । शाही र धामी मन्त्रालयको करार रहेका छन् । चिकित्सक ब्यबस्थापन सँगै अन्य भौतिक पुर्वाधार पनि तयार गरिरहेको छौ, चाडै गुणस्तरीय सेवा प्रदान गर्ने योजनामा रहेको नगरप्रमुख बोहराले वताए ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र बुढिनन्दा नगरपालिकामा पर्ने गर्छ । बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सेवा दिदै आएको छ । दैनिक सयको हाराहारीमा सेवा दिदै आएको स्वास्थ्य केन्द्रमा चिकित्सकको ब्यबस्थापन सँगै सेवा प्रभाबकारी भइरहेको स्थानिय हिकम्त वडले वताएका छन् ।
बिगतमा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिर नेपालगञ्ज जानु परेको थियो । अर्को मार्तडी कोल्टि सडक बर्षात अबरुद्ध हुँदा समदरमुकाम मार्तडी लगायत अन्य ठाँउमा बिरामी लिन निकै समस्या हुने गरेको थियो ।
बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार जनसंख्यालाई यो स्वास्थ्य केन्द्रले सेवा दिदै आएको छ । बिगतमा चिकित्सक नहुँदा बिरामीले सास्ति बेहेर्नु परेको थियो । त्यो क्षेत्रमा पोष्टमार्टम गर्नु परेमा पनि जिल्ला ल्याउनु पर्ने बाध्यता रहदै आएको थियो । सामान्य उपचारका लागि सदरमुकाम मार्तडी तथा जहाज चढेर नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ ।
सामान्य मेडिकल अधिकृतको सेवा लिनका लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता हटेको छ । चिकित्सकलाई स्वास्थ्य केन्द्रमा बस्ने सम्पुर्ण वाताबरण नगरपालिकाले मिलाउने नगरप्रमुख बोहोराले वताए ।

चर्चामा

सम्बन्धित समाचार