शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • एमालेका उम्मेदवार बल्देव रेग्मीप्रति उर्लदो जनमत

एमालेका उम्मेदवार बल्देव रेग्मीप्रति उर्लदो जनमत

  • बुधबार, कार्तिक ३०, २०७९
एमालेका उम्मेदवार बल्देव रेग्मीप्रति उर्लदो जनमत

बाजुरा– चुनावको दिन नजिकिदै जाँदा बाजुरा जिल्लाका राजनितिक दलले चुनाव प्रचार तथा घर भेटघाट गरिरहेका छन् । बाजुरामा एमालेका संघ र प्रदेशका उम्मेदवार यति बेला घर भेटघाटमा ब्यस्त रहेका छन् ।
एमाले प्रदेश (क) का उम्मेदवार बल्देव रेग्मी पनि आफ्नाे निर्वाचन क्षेत्रमा ब्यस्त रहेका छन् । रेग्मी जनताको घरदैलोमा पुगेर जनताका सुखदुख साटासाट गरिरहेका छन् । जब गाउँमा रेग्मी पुग्ने खबर हुन्छ, उनलाइ स्वागत तथा आफ्नो समस्या राख्न स्थानिय पुग्छन् ।
राजनितिक प्रति बितृष्णा भइरहेका बेला तर बल्देव रेग्मी चुनावी प्रचारप्रसारमा गाउँमा पुग्दा उनलाइ स्वागत गर्न स्थानिय ठाउँबाट पुग्छन् । प्रदेश क मा चुनावी प्रचारप्रसारमा जनतमत बटुलेका रेग्मी आफ्नो निवार्चन क्षेत्रमा ब्यस्त भइरहदा रेग्मीप्रति जनता निकै हौसिएको नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले वताएका छन् ।
रेग्मी २०७४ सालको प्रदेश सभाको निर्बाचनमा पनि एमाले बाट बिजय भएर ५ बर्षको कार्यकालमा बाजुराको विकासका कामको शुरुवात समेत गरेका छन । रेग्मी प्रति जनताले आश भरोस गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार