शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरा बुढिन्नदा नगरपालिका ५ मा आज पुनः मतदान सुरु

बाजुरा बुढिन्नदा नगरपालिका ५ मा आज पुनः मतदान सुरु

  • शनिबार, मंसिर १०, २०७९
बाजुरा बुढिन्नदा नगरपालिका ५ मा आज पुनः मतदान सुरु

बाजुरा — मंसिर १० गते बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी माबि मतदान केन्द्रमा ०७९ मंसिर १० गते बिहान सात बजेबाट मतदान सुरु भएको छ । मंसिर ४ गतेको निबार्चनमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच दोहोरो झडप पछि मतदान स्थगित गरीएको थियो । निर्बाचन अधिकृत्तको प्रतिबेदनका आधारमा स्थगित गरिएको निर्बाचन निर्बाचन आयोगले मंसिर ७ गते पुन मंसिर १० गते निर्बाचन गर्न सुचना जारि गरिएको थियो ।

बिहान सात बजेबाट सुरु भएको मतदान केन्द्रमा मतदाताको उल्लेखनीय उपस्थिति रहेको सहयाक प्रहरी निरिक्षक इश्वर नायकले बताए । मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा परिएको छ । नेपाल प्रहरी शसस्त्र प्रहरी नेपाली सेना गरि ५ सय बढी सुरक्षाकर्मीको सुरक्षाका बिच मतदान भईरहको नायकले बताएका छन।

 

चर्चामा

सम्बन्धित समाचार