शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

बाजुराका सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

  • शुक्रबार, मंसिर २, २०७९
बाजुराका सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

बाजुरा — आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाजुराका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत जिल्लाका सबै मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो ।
निर्वाचनका लागि आवश्यक सामग्री सहित ७० ओटा मतदान केन्द्रमा ९ सय ९३ जना कर्मचारी कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेका बारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका सामग्री मतदान स्थल पुर्याएका छन् ।
९ स्थानीय तह रहेको बाजुरा जिल्लामा ७० मतदानस्थल, एक सय १२ मतदान केन्द्र तोकिएका छन् । मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार-प्रसार र शान्ति भङ्ग गर्न निषेध सम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्ने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार