शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ६ हजार ५ सय भन्दा बढि मत बदर

बाजुरामा ६ हजार ५ सय भन्दा बढि मत बदर

  • बिहिबार, मंसिर २२, २०७९
बाजुरामा ६ हजार ५ सय भन्दा बढि मत बदर

बाजुरा — मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बाजुरामा ६ हजार ५ भन्दा बढी मत बदर भएका छन्। एउटा वडामा एक स्वयंसेविका मार्फत मतदाता शिक्षा दिने नीति अनुसार कतिपय स्वयंसेविका घरमै नपुग्ने र पुगे पनि राम्रोसँग मतदाता शिक्षा नदिदा बदर मत बढेको हो ।
निर्वाचन आयोगले स्थानीय तहलाई मतदाता शिक्षा प्रदान गर्ने जिम्मा दिएर झारो टार्ने काम मात्र गरेको पत्रकार मदन विकले बताए । आगामी निर्वाचनमा आयोगले मतदाता शिक्षाको ‘कृयाकलाप ’लाई परिवर्तन गर्नुपर्ने उनको भनाई रहेको छ । बदर मत बढी हुनुमा राजनीतिक ‘इस्यु’ पनि मुख्य कारण भएको निर्वाचनमा पत्रकार विककाे भनाइ रहेकाे छ । आयोगले प्रदान गरेको मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आगामी दिनमा सुधार गरेर मात्र मतदाता शिक्षा दिनुपर्ने उनको भनाई रहेको छ ।
बाजुराको एक प्रतिनिधी सभा र दुई प्रदेश सभा निर्वाचन रहेको बाजुरामा सबै भन्दा बढि प्रदेशको समानुपातीक मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा रहेको छ । जस अनुसार प्रतिनिधी सभामा प्रतक्ष तर्फ १ हजार २२८ र समानुपातीकमा १ हजार ८ सय ३५ मत बदर भएको उल्लेख गरिएको छ ।
त्यसै गरी प्रदेश सभातर्फ प्रदेश (क) प्रतक्षमा ५ सय ७ र प्रदेश (ख) मा ९ सय ७८ मत र प्रदेश समानुपातीकको २ हजार १ सय ७ बदर भएको जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाजुराको ६ हजार ५ सय ५५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । बाजुरामा कुल मतदाता सख्या ८३ हजार ५ सय ६७ रहेकोमा ६० हजार १ सय ५२ मत खसेको थियो ।
दलहरू गठबन्धन गरेर जानु र गाउँगाउँमा मतदाता शिक्षा नपुगेकाले धेरै सङ्ख्यामा मत बदर भएको जानकारहरू बताउँछन् । यस पटकको निर्वाचनमा मतदान केन्द्रमा खटिएका मतदान अधिकृले नै प्रतिनिधि सभाको मतपत्र दिने ठाउँमा प्रदेश सभाको मतपत्र दिने जस्ता कमजोरीका कारण समस्या उत्पन्न भएको उनिहरुकाे भनाइ रहेकाे छ ।
दुई वा दुईभन्दा बढी चिह्नमा मतदान गरेका छन्। कतिपयले मतपत्र औँठाको छाप लगाएको पाइएको छ । मतदातालाई पर्याप्त मतदाता शिक्षाको अभावका कारण यस्तो गल्ती गरेको हुनसक्ने नागरिक अगुवाहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार