शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • निर्बाचन साम्रगी बुझेर मतदान केन्द्रमा खटिए कर्मचारी

निर्बाचन साम्रगी बुझेर मतदान केन्द्रमा खटिए कर्मचारी

  • मङ्लबार, कार्तिक २९, २०७९
निर्बाचन साम्रगी बुझेर मतदान केन्द्रमा खटिए कर्मचारी

बाजुरा — बाजुरा जिल्लाका ७० ओटा मतदान केन्द्रमा ९ सय ९३ जना कर्मचारी निर्वाचन साम्रगी लिएर खटिएका छन । मंगलबार बाजुराको हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिकामा खटिएका कर्मचारी सदरमुकाम मार्तडीबाट प्रस्थान भइसकेका छन भने अन्य स्थानिय तहमा जाने कर्मचारीहरु भने सामान बुझेर जाने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन ।

मतदान केन्द्रमा खटिने कर्मचारी निर्वाचन सामग्री सहित मंगलबार त्यसतर्फ लागेका छन । मतपेटिका, स्वस्तिक छाप लगायत सामग्री सहित मतदात अधिकृतको नेतृत्वमा कर्मचारी र सुरक्षाकर्मी खटाइएको जिल्ला निर्बाचन कार्यालय बाजुराले जनाएको छ ।

बाजुरा जिल्लामा ७० मतदान स्थलका ११२ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई निर्वाचन सामग्री उपलब्ध गराउदै पठाउदै गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्र बुझेर आएका कर्मचारीलाई सामग्री वितरण गरिएको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए ।

जिल्लाभर कुल ९ सय ९३ जना जनशक्ति परिचालन गरिएको छ । मतदानस्थलको सुरक्षा तथा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताए ।

निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार