शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका थप ५ ओटा मतदान केन्द्रको मतदान रोकीयो, प्रहरीद्धारा हवाई फाएर

बाजुराका थप ५ ओटा मतदान केन्द्रको मतदान रोकीयो, प्रहरीद्धारा हवाई फाएर

  • आइतवार, मंसिर ४, २०७९
बाजुराका थप ५ ओटा मतदान केन्द्रको मतदान रोकीयो, प्रहरीद्धारा हवाई फाएर

बाजुरा — बाजुरा जिल्लाका थप ५ सहित ८ ओटा मतदान केन्द्रमा बिवाद हुदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ र ३ त्रिबेणी नगर पालिका वडा ३ र ७ खप्तड छेडेदह गाउँपालिका वडा न १ मतदान स्थगित रोकीएको छ । सबै मतदान केन्द्रमा हवाइ फायर समेत भएकाे  सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन ।
बिभिन्न राजनितीक दलहरुको बिबाद पछि ति मतदान केन्द्रको मतदान प्रक्रिय अहिले स्थगित भएको सहायक प्रमुख जिल्ला अधकारी  बिष्टले बताएका छन । त्यसै गरी जगन्नाथ गाउँपालिका वडा नम्मर ४ को मतदान केन्द्रमा पनि ढुगां हानाहान भईरहेको प्रारम्भीक जानकारी प्राप्त भएको छ । यता स्वामिकार्तिक वडा ४ मा बिबाद पछि केही समयमै मतदान सुरु हुने तयारीमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार