
बाजुरा– बाजुरा जिल्लाको सदरमुकाम स्थित जिल्ला अस्पताल बाजुरामा सञ्चालन भएको निशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा बहिरंग (ओपीडी) शिविर शुक्रबार सम्पन्न भएको छ।
कात्तिक १७ गतेदेखि सुरु भएको उक्त शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, बडिमालिका नगरपालिका बाजुरा र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
पाँच दिनसम्म सञ्चालन भएको शिविरमा १ हजार ६ सय ६० जना बिरामीलेसेवा लिएका छन् भने ९२ जना बिरामीको शल्यक्रिया (अपरेशन) गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका डा. मुक्ति तिमिल्सिनाको नेतृत्वमा आएको चिकित्सक टिमले सेवा प्रदान गरेको थियो । गरिव,अपाङ्ग,असहाय,शाररिक अवस्थाबाट ग्रशीत भएका विरामीहरुकाे लागी शिविर सञ्चालन गरिएकाे अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए।
शिविरमा नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञबाट सेवा प्रदान गरिएकाे थियाे । शिविरमा खुट्टाकाे पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा भाचिएका बाङ्गिएर जाेडिएका,भाचिएकाे ठाउँमा पाता वा किला राखिएका विरामीहरुलाई सहज रुपमा सेवा प्रदान प्रदान गरिएकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ ।
शिबिरमा उपचार नपाईरहेका गरिव,असहाय,आर्थिक समस्यामा परेका नागरिकलाई उपचारमा सहज बनाउन शिविरकाे आयोजना गरिएकाे बडीमालिका नगरपालिकाले जनाएकाे छ ।
