
बाजुरा– बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटाबासी त्रासै त्रासमा बसिरहेका छन । केही दिन यताको हुम्लीको हुलजथ्था आएर गाउँमा बिध्वाङ्स पारेपछी उनिहरु त्रासै त्रासमा बसिरहेका छन । पुन: कतिबेला हुम्ली आउने हुन र बिध्वाग्स पार्ने हुन भन्ने चिन्तामा लाम्पाटाबासी छन । पर्यटकिय क्षेत्र रानिसैन क्षेत्रको बहुमुल्य जडिबुटी तस्कर रोक्न स्थानियले प्रहरी चौकीको माग बमोजिम प्रहरी चौकी निर्माणको क्रममा भएको तस्करहरुले हुम्ली नागरिक परिचालन गरी लाम्पाटा क्षेत्रमा रहेका बाजुराली नागरिकलाइ कुटपुटी र लुटपाट गरेकाे तथ्य बाहिरएकाे छ । सो घटनापछि त्यँहाका भोटे समुदाय प्रतक्ष मारमा परेका छन । हरेक दिन हुम्लीहरु आएर त्यहाका स्थानियलाई धम्की दिने लुटपाट र अभद्र ब्यवाहार गर्ने गरेको त्यहाका भोटे समुदायले बताएका छन् । धम्की कुटपीट र लुटपाट भएपछी उनिहरुलाइ घर छोड्न बाध्य समेत पारिएको त्यहाका स्थानियले बताएका छन ।
बाजुराको रानीसैन क्षेत्रमा भएको घटना कुनै सीमा विवाद नभई प्रहरी चौकी रोक्ने दाउ भएको भन्दै तत्काल छानबिन गरी शान्ति सुरक्षा कायम गर्न जिल्ला स्थित राजनितीक दल, स्थानिय जनप्रतिनीधी नागरिक समाज सम्बन्द नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल भोटे जनजाति सेवा संघ केन्द्रीय कार्यालयले माग गरिएको छ । शनिवार मात्र नेपाल भोटे जनजाति सेवा संघले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्न दोषिलाई पक्राउ गर्न माग गरेको जनाएको छ । नेपाल भोटे जनजाति सेवा संघले घटनाको सत्य तथ्य जाँचबुझ गरी कानुनी प्रक्रिया अगाडि बढाएर दोषिलाई तत्काल कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधित्रकारीमार्फत ज्ञापन पत्र बुझाएको नेपाल भोटे जनजाति सेवा संघ केन्द्रीय कार्यालयका अध्यक्ष जनक भण्डारीले बताएका छन ।
जेठ ३ देखि ५ गतेसम्म हिमाली गाउँपालिका ३ लाम्पाटामा भएको कूर घटनालाई हुम्लाका राजनीतिक दलहरुले कुनै मानविय संवेदना समेत नराखी जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त क्षेत्रमा जग्गा धनी पुर्जा लिई बसोबास गर्दै आएको बाजुराका भोटे जनजाति स्थानीय, जनप्रतिनिधि, पर्यटकसहित माथि हुम्लाका ३ सय बढी अराजक समूहले योजनावद्ध रुपमा साङ्घातिक आक्रमण गरी घाइते बनाएको भन्दै भोटे जनजाति सेवा संघ लगायत बाजुराका राजनितीक दल नागरिक समाज जनप्रतिनीधीले आपत्ति जनाएका छन् ।
नागरिक समाज लगायत राजनितीक दल र जनप्रतिनिधीका संघ संघठनले प्रकाशन गरेका बिज्ञप्तीमा “यो कुनै सीमा विवाद वा दुई पक्षीय झडप होइन, बरु प्रहरी चौकी स्थापना पश्चात् आफूले गैरकानुनी क्रियाकलाप गर्न पाउँदैनौं भन्दै त्यस क्षेत्रमा रहेका तस्कारहरुले बनाएको कूर र अमानविय भौतिक आक्रमण हो ।” भनेका छन । रानीसैन क्षेत्रको लाम्पाटा, च्याचौरमा २०१४ सालदेखि बाजुराका भोटे जनजातिले तिरो समेत तिरी आफ्नो थातथलोको रुपमा स्थापित गरेको भन्दै यो कुनै पनि प्रकारको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । उक्त घटनामा घाइते हिमाली ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ र मीन कुँवरलाई बन्दक बनाई यातना दिई कागजमा जबरजस्ती सहीछाप गर्न लगाउने थला सामुदायिक वनका अध्यक्ष देवराज रावल, सचिव किशोर रावल, वडा सदस्य चन्द्रबहादुर रावल लगायतलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न ज्ञापन पत्रमार्फत सम्बन्ध निकायले माग समेत गरेका छन ।
घटनामा भौतिक तथा व्यक्तिगत क्षति भएकाले प्रहरी मुचुल्कामार्फत एकिन गरी दोषिबाट क्षतिपूर्ति असुल गरिनु पर्ने, बिच्छ्या देखि रानीसैन सम्मको बाटोमा रहेका काठे पुल भत्काएर आवतजावतमा समस्या उत्पन्न गराएको भन्दै समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरिएको छ । यस्तै थला सामुदायिक वन उपभोक्ता समूह खार्पुनाथ २ थाली हुम्लालाई तत्काल खारेज गर्न पनि नेपाल भोटे जनजाति सेवा संघले माग गरेको छ ।
त्यसै गरी जिल्लाका प्रमुख राजनीतिक दलहरू र नौ ओटै स्थानिय तहका जनप्रतिनीधीले छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई “सीमा विवादको आवरणमा गरिएको योजनाबद्ध आक्रमण” भन्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन्। विज्ञप्तिमा रानीसैन क्षेत्रलाई “तस्करहरूको ट्रान्जिट प्वाइन्ट” बनाइएको आरोप लगाइएको छ। विज्ञप्तिमा अस्थायी प्रहरी चौकी निर्माणको काम रोक्न खोज्नु, सरकारी टोलीमाथि आक्रमण हुनु तथा पर्यटकमाथि दुर्व्यवहार हुनु सामान्य घटना नभएको उल्लेख छ ।
विज्ञप्तिमार्फत हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणका लागि गएको सरकारी टोली, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा भ्रमण टोलीमाथि भएको आक्रमणको भत्र्सना गरेका छन्। उनीहरूले “कानुनी रूपमा निर्माण हुन लागेको प्रहरी चौकीमाथि आक्रमण गर्नु राज्यविरुद्धको गतिविधि” भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ कि रानीसैन क्षेत्र लामो समयदेखि जडीबुटी, वन सम्पदा तथा अन्य अवैध गतिविधिको मार्गका रूपमा प्रयोग हुँदै आएको थियो र त्यही कारण राज्यको सुरक्षा उपस्थिति बढाउन खोज्दा केही समूह आत्तिएको उनिहरुको निष्कर्ष छ ।
दल स्थानिय जनप्रतिनिधीले घटनालाई केवल अन्तर जिल्ला सीमा विवादका रूपमा नहेर्न आग्रह गर्दै “यो अवैध गतिविधि संरक्षण गर्न खोजिएको प्रयास” भएको दाबी गरेका छन् । उनीहरूले पर्यटक, पत्रकार, सुरक्षाकर्मी तथा सरकारी कर्मचारीमाथि गरिएको व्यवहारलाई अमानवीय र निन्दनीय भनेका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले हिमाली गाउँपालिका–३ रानीसैनमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि भएको कुटपिट र दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस विज्ञप्तिमा रानीसैन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न गएको टोली, पत्रकार र स्थानीयमाथि आक्रमण गरी कुटपिट तथा लुटपाट गरिएको घटनाप्रति दुःख व्यक्त गरिएको छ ।
महासंघद्धारा जारी गरिएको बिज्ञप्तीमा पत्रकार प्रकाश बहादुर सिंह, अनिल शाही, उमेश शाही, जनक बोहरा र जीतजंग कटेल लगायतका पत्रकारहरुलाई सामाजिक सञ्जालमार्फत धम्की तथा दुर्व्यवहार गरिएको भन्दै यस्ता गतिविधि तुरुन्त रोक्न र संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरिएको छ । बाजुरा बाट गएको पत्रकारहरुको टोलीलाइ ३ दिन सम्म बन्धक बनाइएको क्यामरा मोबाइलमा खिचिएका भिडीयो तथा फोटोहरु डिलिट गर्न लगाएको घटनाले पत्रकार महासघ बाजुरा शाखाले आपत्ती जनाएका छ । पत्रकार महासंघले पनि यो सिमा बिबाद नभएर तस्कारहरुले प्रहरी चौकी स्थापनपछी तस्कार गर्न नपाउने भएका कारण नागरिकलाई दुख दिएको निर्ष्कष निकालेको छ ।


