बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • स्थल नाकाबाट ल्याउन-लैजान पाइने वस्तुको छुट सीमा ५ सय पुर्‍याइयो

स्थल नाकाबाट ल्याउन-लैजान पाइने वस्तुको छुट सीमा ५ सय पुर्‍याइयो

  • बुधबार, जेष्ठ २०, २०८३
सेयर गर्नुहोस् :
स्थल नाकाबाट ल्याउन-लैजान पाइने वस्तुको छुट सीमा ५ सय पुर्‍याइयो

काठमाडौं —सरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा १ सय रुपैयाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको छ । यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय पुर्‍याएको हाे ।

स्थलमार्गबाट सिमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाईमार्गबाट आवतजावत गर्नेसरहको सुविधा दिइएको छैन । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।’

तर, भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ । यसअघि १५ जेठ २०८२ मा प्रकाशित सूचना अनुसार सीमा नाकामा १ सय रुपैयाँ भन्दा माथिको वस्तु भित्र्याउन नपाउने गरी नियम राखिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार