बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • अर्थ
  • बाजुराका स्थानीय तहमा १२ करोड ७६ लाख बेरुजु

बाजुराका स्थानीय तहमा १२ करोड ७६ लाख बेरुजु

  • शनिबार, जेष्ठ १६, २०८३
सेयर गर्नुहोस् :
बाजुराका स्थानीय तहमा १२ करोड ७६ लाख बेरुजु

बाजुरा–बाजुराका ९ वटै स्थानीय तहमा १२ करोड ७६ लाख बढी रकम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार ४ नगरपालिका र ५ गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट १२ करोड ७६ लाख ७८ हजार रुपैयाँ बेरुजु सार्वजनिक भएको हो ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार जिल्लाको बुढीगंगा नगरपालिकामा बढी बेरुजु छ भने सबैभन्दा कम हिमाली गाउँपालिकामा रहेको देखिन्छ । बुढीगंगामा कुल १ अर्ब ३१ करोड १२ लाख ४१ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड ४५ लाख ३६ हजार रुपैयाँ अर्थात् १.८७ प्रतिशत बेरुजु देखिएको छ । तर प्रतिशतमा हेर्दा सबैभन्दा बढी बेरुजु स्वामीकार्तिक खापर गाउँपालिकामा देखिन्छ । त्यहाँ कुल ८३ करोड २० लाख ५१ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १ करोड ९० लाख ७४ हजार अर्थात् २.२९ प्रतिशत बेरुजु देखिएको छ, जुन जिल्लाभरिकै सबैभन्दा उच्च अंक हो ।

यस्तै सबैभन्दा कम हिमाली गाउँपालिकामा ०.६९ प्रतिशत अर्थात् ५५ लाख ६ हजार रुपैयाँ बेरुजु रहेको छ । खप्तड छेडेदह गाउँपालिकामा २ करोड ४३ लाख ८७ लाख रुपैयाँ अर्थात् २.१ प्रतिशत बेरुजु रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । त्रिवेणी नगरपालिकामा १ करोड ७१ लाख ३८ हजार अर्थात् १.५६ प्रतिशत, बडीमालिकामा १ करोड ४३ लाख ५२ हजार रुपैयाँ अर्थात् १.४७ प्रतिशत बेरुजु रहेको उल्लेख छ । त्यस्तै बुढीनन्दा नगरपालिकामा ०.८५ अर्थात ९१ लाख ७५ हजार, जगन्नाथ गाउँपालिकामा ७९ लाख २ हजार अर्थात् १.१९ प्रतिशत र गौमुल गाउँपालिकामा ०.७६ प्रतिशत अर्थात् ५६ लाख ८ हजार रुपैयाँ बेरुजु औंल्याइएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले बढी बेरुजु देखिएका स्थानीय तहहरुमा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐनको पालनामा कमी भएको र आर्थिक अनुशासन कमजोर बन्दै गएको तथ्य देखाएको छ ।

चर्चामा

सम्बन्धित समाचार