बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कन्भर्स एकेडेमीमा विद्यालय स्तरीय आँखा परीक्षण कार्यक्रम संचालन

कन्भर्स एकेडेमीमा विद्यालय स्तरीय आँखा परीक्षण कार्यक्रम संचालन

  • सोमवार, जेष्ठ ४, २०८३
सेयर गर्नुहोस् :
कन्भर्स एकेडेमीमा  विद्यालय स्तरीय आँखा परीक्षण कार्यक्रम संचालन

बाजुरा— गेटा आँखा अस्पताल, बाजुराको सहयोग तथा कन्भर्स एकेडेमीको सहकार्यमा विद्यालय स्तरीय आँखा परीक्षण (स्कुल स्क्रिनिङ) कार्यक्रम संचालन गरिएकाे छ । विद्यार्थीहरूको आँखाको स्वास्थ्य अवस्था परीक्षण गरी समयमै उपचार तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम कन्भर्स एकेडेमीका फाउण्डर मान बहादुर रोकायाको अध्यक्षतामा स‌ंचालन भएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला अस्पताल बाजुरा तथा आँखा अस्पताल बाजुराका आँखा विशेषज्ञ डाक्टर तेज रावत रहेका थिए ।  कार्यक्रममा स्वागत मन्तव्य कन्भर्स  एकेडेमीका सह–संचालक धुर्व रोकायाले राखेका थिए भने कार्यक्रम सञ्चालन कन्भर्स एकेडेमीका व्यवस्थापक नर बहादुर रोकायाले गरेका थिए।

कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीहरूको आँखा परीक्षण गरिने भएकाे छ। परीक्षणका क्रममा दृष्टि कमजोर भएका तथा थप उपचार आवश्यक परेका विद्यार्थीलाई आवश्यक परामर्श समेत प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै आँखा विशेषज्ञ डाक्टर तेज रावतले बालबालिकामा समयमै आँखा परीक्षण गर्न सके दृष्टि सम्बन्धी समस्या पहिचान र उपचार गर्न सहज हुने बताए। उनले विद्यालय तहबाट नै स्वास्थ्य सचेतना आवश्यक रहेकोमा जोड दिए। विद्यालय व्यवस्थापन पक्षले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले विद्यार्थी, अभिभावक र समुदायमा सकारात्मक सन्देश पुग्ने  जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार