बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • जिल्ला अस्पताल बाजुरालाइ ५० शय्यामा स्तरोन्नति गरिने

जिल्ला अस्पताल बाजुरालाइ ५० शय्यामा स्तरोन्नति गरिने

  • मङ्लबार, जेष्ठ १९, २०८३
सेयर गर्नुहोस् :
जिल्ला अस्पताल बाजुरालाइ ५० शय्यामा स्तरोन्नति गरिने

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बाजुरालाई ५० शय्यामा स्तरोन्नति गर्ने भएको छ। प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बाजुरासहित पहाडी जिल्लाका दार्चुला, बझाङ्ग , बैतडी, अछाम र डोटी जिल्ला अस्पतालहरूलाई  २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको हो।

प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पहाडी जिल्लाका अस्पतालको सेवा विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको उल्लेख गरेकाे छ।

हाल जिल्ला अस्पताल बाजुरा १५ शय्यामा सञ्चालन हुँदै आएको छ। यद्यपि उपलब्ध भौतिक पूर्वाधार र सेवाग्राहीको चापका आधारमा  अस्पतालले आन्तरिक सेवा प्रबाहका रुपमा थप  सेवा सुविधा प्रदान गर्दै आएको  आएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार