
बाजुरा– बाजुरामा नि:शुल्क हाडजाेर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन गरिएको छ।२१ गतेसम्म सञ्चालन हुने उक्त शिविर आजबाट सुरु भएको हाे।नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराकाे संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको जिल्ला अस्पताल बाजुराले जनाएकाे छ।
शिविरकाे आइतबार सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले व्यानर बाचन गरेर औंपचारीक रुपमा उद्घाटन गरिएकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ । गरिव,अपाङ्ग,असहाय,शाररिक अवस्थाबाट ग्रशीत भएका विरामीहरुकाे लागी शिविर सञ्चालन गरिएकाे अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए। शिविरमा नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञबाट सेवा प्रदान गरिने उनकाे भनाइ छ। शिविरकाे पहिलाे दिन आज नाम दर्ताकाे कार्य गरिएको छ । त्यस्तै विरामी चेकजाँच कार्तिक १७ गते विहान देखि २० गतेसम्म रहने छ भने विरामीहरुकाे शल्यक्रिया सेवा १७ गतेदेखि २१ गतेसम्म रहने भएको अस्पतालले जनाएकाे छ।
शिविरमा आगाेले पाेलेका,खुट्टाकाे पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृिजन्य समस्या,हात वा खुट्टा भाचिएका,भाचिई बाङ्गिएर जाेडिएका,भाचिएकाे ठाउँमा पाता वा किला राखिएका,गाठागुठी निकाल्नु परेका विरामीहरुलाई सहज रुपमा सेवा प्रदान गरिने भएको छ।
जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख चन्द्रशेखर यादवकाे अध्यक्षतामा सञ्चालन भएको शिविर उद्घाटन कार्यक्रमकाे प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानी रहेकी थिइन।त्यस्तै विशिष्ट अतिथिकाे रुपमा बडीमालिका नगरपालिकाकी उप- प्रमुख नन्दा कुमारी थापा रहेकी थिइन । कार्यक्रममा बडीमालिका नगरपालिका वडा.नम्वर ७ का अध्यक्ष धर्मराज पाध्याय,नेपाल अर्थाेपेडिक अस्पताल बाट सेवा दिन आएका डाक्टर मुक्ति तिमिल्सेना लगायतकाे टाेली,अस्पतालमा बाजुरामा कार्यरत कर्मचारी जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि लगायत पत्रकारकाे सहभागीता रहेकाे थियाे।
