बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणीमा युवा अनुकूलन सम्बन्धी ३ दिने तालिम सम्पन्न

त्रिबेणीमा युवा अनुकूलन सम्बन्धी ३ दिने तालिम सम्पन्न

  • सोमवार, जेष्ठ ४, २०८३
सेयर गर्नुहोस् :
त्रिबेणीमा युवा अनुकूलन सम्बन्धी ३ दिने तालिम सम्पन्न

बाजुरा—  त्रिबेणी नगरपालिकामा किशोरीहरूको अधिकार र उत्थानशिलताका लागि सञ्चालित  परियोजना अन्तर्गत “युवा अनुकूलन तालिम” सञ्चालन गरएिको छ । प्लान इन्टरनेशलको आभा परीयोजनाकाे   प्राबिधिक  तथा आर्थिक सहयोग तथा  पीसविन नेपालको आयाेजनामा संचालन गरिएको हो।

तालिम  जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन गरिएको पीसविन नेपालका त्रिवेणी नगरपालिका फिल्ड सुपरभाइजर मंगल बहादुर बानियाँले बताएका छन । उनका अनुसार तालिममा युवाहरूको क्षमता विकास, जल वायु परिवर्तनका चुनौती,हरित ग्यास,विपद ,प्रकोप , मौसमी पात्रो निर्माण, जोखिम नक्सांकन र स्रोत निर्माण र युवा र किशोरीले स्थानिय जलवायु अनुकूलनमा भुमिका सम्बन्धी सहजीकरण गरिएको बताएका छन । कार्यक्रममार्फत युवाहरूलाई समुदायमा सकारात्मक परिवर्तनका लागि सक्रिय बनाउने लक्ष्य राखिएको उनले बताएका छन  ।

उक्त तालिममा स्थानीय युवा क्लव तथा किशोरी क्लवका २७ जना युवा तथा किशोरीहरुको सहभागिता रहेको थियो । सो तालिममा अन्तरक्रियाआत्मक ब्यवाहारिक सिकाई मार्फत १३ देखी २५ बर्ष समुहका युवा र किशोरीहरुलाई जलबायु अनुकुलन सम्बन्धी ज्ञान सिपहरु निर्माण गर्ने र स्थानिय जलबायू अनुकुलन संरचना र कार्यान्वयन गरि परिर्वतनको सक्रिय अभियान्ता बन्न शसक्त बनाउने उदेस्यका साथ संचालन भएको कार्यक्रम पीसविन नेपालका अध्यक्ष बिमला थापाको अध्यक्षतामा समापन गरिएको थियाे  ।

समापन कार्यक्रमको प्रमुख अतिथि त्रिबेणी नगरपालिका उप प्रमुख कमला कुमारी जोशी न्यौपाने रहेकी थिइन । ३ दिन सम्म संचालन भएको कार्यक्रमको सहजीकरण प्रबिन सुबेदी नन्दलाल जैशी र सुनिता जैशीले गरेकाे पीसविन नेपालले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार