
बाजुरा–बाजुराको धार्मिक तथा पर्यटकिय स्थल बुढिनन्दा दर्शनमा पुगेका एकजना तिर्थयात्रि सम्पर्क बिहिन बनेका छन् । बडिमालिका नगरपालिका ९ उखाडि बस्ने ५५ बर्षका खिमराज उपाध्याय सम्पर्क बिहिन रहेको परिवारले वताएको छ ।
शुक्रवार बिहान पुजा गरेर फिर्ता हुने क्रममा हराएको प्रहरीले वताएको छ ।
सम्पर्क बिहिन रहेका उपाध्यायको खोजि कार्यका लागि नेपाल प्रहरीको टोलि बुढिनन्दा तिर लागेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले वताएका छन् ।
