शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुराको बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारसँग माग

बाजुराको बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारसँग माग

  • सोमवार, जेष्ठ २७, २०८२
बाजुराको बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारसँग माग

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा) ले बाजुराको बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनर्स्थापना गर्न सरकारसँग माग गरेकी छन् । सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिँदै पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित शीघ्र पुनर्स्थापनाको माग गरिन् ।

सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा ठुलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने समेत बताइन् । उनले अब्राहम लिङ्कनको भनाइलाई उद्धृत गर्दै हजार जना मूर्ख भएपनि देशलाई खासै असर नपर्ने तर एक नेता मूर्ख भए देश डुब्ने र जनताले दुःख पाउने बताइन् ।

चर्चामा

सम्बन्धित समाचार