मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमा सरकार गठनको म्याद सकिंदै, नयाँ गठबन्धनबाट नाउपाले दाबी पेस गर्ने

सुदूरपश्चिमा सरकार गठनको म्याद सकिंदै, नयाँ गठबन्धनबाट नाउपाले दाबी पेस गर्ने

  • आइतवार, बैशाख २, २०८१
सुदूरपश्चिमा सरकार गठनको म्याद सकिंदै, नयाँ गठबन्धनबाट नाउपाले दाबी पेस गर्ने

धनगढी– सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिंदैछ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले सरकारमा दाबी पेस गर्न दिएको समय आइतबार साँझ ५ बजे सकिने भए पनि अहिलेसम्म कसैले पनि दाबी गरेका छैनन् । सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ ।

तर, नाउपाभित्र मुख्यमन्त्रीका रूपमा कसलाई अघि बढाउने भन्ने विषयमा विवाद हुँदा ढिलाइ भएको हो । गठबन्धनले आइतबार साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीका रूपमा अघि सारिने गठबन्धनमा आवद्ध एक सांसदले बताए ।

नाउपामा अध्यक्ष रञ्जिता पक्षले कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि विवाद छ । नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले भने आइतबार कैलाश चौधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए । नाउपाकि अध्यक्ष रञ्जिता श्रेष्ठ काठमाडौंपछि धनगढी पुगेपछि सरकारमा दाबी पेस गरिने उनी बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार