बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा दिवा खाजाका लागि ५ महिनामा ९४ मेट्रिकटन तरकारी उत्पादन

बाजुरामा दिवा खाजाका लागि ५ महिनामा ९४ मेट्रिकटन तरकारी उत्पादन

२६ सय किसानले हातमै पाए ७१ लाख बढि रकम

  • शनिबार, पुस ७, २०८०
बाजुरामा दिवा खाजाका लागि ५ महिनामा ९४ मेट्रिकटन तरकारी उत्पादन
बाल मन्दिर आविमा दिवा खाजा खादै बिद्यार्थी

टेक बहादुर बुढा —बाजुराका किसानहरुले बिध्यालहरुलाई मात्र ५ महिनामा ९४ मेट्रिकटन बिक्री गरेका छन । जिल्लाका २ हजार ६ सय कृषकहरुले उत्पादन बाफत ७१ लाख आम्दानी गरेका हुन । विश्व खाद्य कार्यक्रम अन्तर्गत मर्सिकोर नेपालको प्राविधिक सहयोग तथा गिफ्ट नेपालको साझेदारीमा सुरु भएको स्थानिय उत्पादनमा आधारित विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

२०५७ सालमा नेपाल सरकारले सुरु गरेको दिवा खाजामा यस आर्थिक बर्ष २०८०/०८१ बाट स्थानिय उत्पादिन आर्गनिक तरकारी खुवाउन अनिवार्य भएसंगै यो कार्यक्रम थप प्रभावकारी बन्दै गएको पाइएको । सरकारले सामुदायीक विद्यालयमा दिवा खाजामा थप स्थानिय स्तरमा उत्पादित आर्गनिक तरकारी खुवाउने कार्यक्रम निकै लाभलायि देखिएको गिफ्ट नेपालको बार्षिक समिक्षा कार्यक्रमको तथ्यांकले देखाएको छ ।

आधारभुत तहका बालबालिकाहरुको भोक न्युनिकरण, पोषण तथा स्वास्थ्य स्थितिमा सुधार गरि शैक्षिक स्तरमा अभिवृद्धि गर्ने दिर्घकालीन लक्ष्यका साथ सो कार्यक्रम लागु भइरहेको गिफ्ट नेपाल बाजुराले जनाएको छ । दिवा खाजामा आर्गनिक तरकारीले बालबालिकाको स्वास्थ्यमा ३० प्रतिशत पोषण परिपुरण हुने, विद्यालयमा सहभागिता वृद्धि भई सिकाई स्तरमा सुधार र जातिय तथा लैंगिक विभेद कम सहयोग पुर्‍याउने गिफ्ट नेपाल बाजुराका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारीले बताए ।

हाल बाजुराका विद्यालयका प्रारम्भिक बाल कक्षादेखि ६ कक्षासम्मका २८ हजार ९ सय ७२ जना बिद्यार्थीहरुले नियमित खाजासंग तरकारी खाईरहेका गिफ्ट नेपालको बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रमको प्रस्तुत गर्दै कार्यक्रम प्रबन्धक अधिकारीले बताएका छन ।
त्यस्तै १ सय २१ जना कृषकहरुले नियमित बिद्यालयमा तरकारी सप्लाई गरिरहेका छन भने यस कार्यक्रमलाई स्थानिय उत्पादनमा जोड्न प्राथमिकताकासाथ लागु गरिरहेका कार्यक्रम प्रबन्धक अधिकारीको भनाई छ ।

त्यस्तै दिवा खाजामा तरकारी कार्यक्रमका लागि मात्रै ५ महिनामा जिल्लामा ९४.९८ मेट्रिकटन तरकारी उत्पादन भएर बिक्री भएको छ । सो कार्यक्रमबाट जिल्लाका ९ बटै पालिकाका २६ सय जना कृषक समुहका सदस्यहरु लाभ प्राप्त गरिरहेका छन । त्यसैगरि उक्त कार्यक्रमका लागि विद्यालयमा नियमित तरकारी ल्याइरहेका कृषकहरुको हातमा पाँच महिनामा मात्रै ७१ लाख २३ हजार ६ सय २७ रुपैयाँ गएको गिफ्ट नेपालको तथ्यांकले देखाएको छ ।

आफ्नै गाउँमा मिहिनेतका साथ तरकारी उत्पादन गर्ने कृषकहरु एकातिर आत्मनिर्भर बनिरहका छन भने अर्को तर्फ उनिहरुको तरकारी बजारसमेत स्थापित भएको छ । दिवा खाजामा तरकारी खुवाउने कार्यक्रमबाट विद्यार्थी र समुदायका किसानहरुलाई प्रत्यक्ष लाभ भइरहेकाले यसको अनुगमन तथा कार्यक्रमको दिगोपनाका लागि पनि सबैले लाग्नुपर्ने मालिका माविका प्राचार्य शुभराज पाध्यायले बताए ।

त्यस्तै दिवा खाजामा स्थानिय स्तरमा पाइने आर्गनिक तरकारी अनिवार्य गरिकाले सोहि कार्यक्रममा कृषकहरुलाई उत्पादनमा प्रोत्साहन दिने कार्यक्रम सञ्चालन, स्थानिय कृषकबाट उत्पादित तरकारी मात्रै उपभोग गरिने भएकाले यसले गरिबी र बेरोगारी दरमा कमि ल्याउन सहयोग पुग्ने कृषि ज्ञान केन्द बाजुराका निमित्त प्रमुख मिनप्रसाद जैशीले बताए ।

सो कार्यक्रमको दिगोपनाका लागि गिफ्ट नेपालसंगै विभिन्न संघ संस्था, सरोकारवाला तथा स्थानिय तहरुले सबैसगं समन्वयकारी भुमिका खेल्दै लाग्नुपर्ने बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रममा सहभागिहरुले सुझाव दिएका छन ।

स्थानिय उत्पादनमा आधारित विद्यालयमा दिवा खाजा कार्यक्रम यस आर्थिक बर्षबाट बाजुराका नौ वटै पालिकाका २ सय ५१ सामुदायिक विद्यालयमा २ करोड ८५ लाख रकमको एक बर्षसम्मका लागि कार्यक्रम लागु भएको गिफ्ट नेपालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार