मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • शिक्षामा निजिकरण र त्यसबाट पर्ने असर!

शिक्षामा निजिकरण र त्यसबाट पर्ने असर!

  • शनिबार, जेष्ठ २८, २०७९
शिक्षामा निजिकरण र त्यसबाट पर्ने असर!

सुरेशकुमार पान्डे — देशको शिक्षाप्रणालि समगह्रमा भन्नुपर्दा देशको रिढनै हुन्छ।कुनैपनि देशलाई असफल बनाउँनुछ भने त्यँहाको शिक्षाप्रणाली कम्जोर बनाई दिनुपर्छ।नपढेका बाल बालीकाहरूलाई पास गराइदिनेहो भने देशको सबै क्षेत्र तहश नहश हुनसक्छ।
तर हाम्रो देशको शिक्षा प्रणाली त सुरू देखीनै निजिकरण रहंदै आयो।राणाहरूले प्रजालाई शिक्षासंस्थानै बन्देज गराएर राजगरेका थिए राजाहरूले राजतन्त्रको वकालत गर्ने खालका पाठ्य पुष्तकहरू अगाडी सारे।नेपालमा नयाँ शिक्षा प्रणाली भन्दै राजतन्त्रको भजन गाउँन लगाएका थिए।देशमा जुनसुकै सरकार आयो उस्ले आफ्नै गुणगान गर्न सिकायो।
तर अहिलेको गणतन्त्रिक सरकारले शिक्षालाई ब्यबस्थित गर्छ भन्ने जनतालाई ठुलो उमिद थियो तरपनि शिक्षाप्रणालीलाई झनै फितलो बनाएर देशको भबिश्यलाई कम्जोर गराउँन करणधारहरूलाई मन र मष्तिक बाट कम्जोर बनाउन थालेकाछन।
अहिलेको सरकारले निजिकरण र ब्यपारीकरणमा जोड दिंदै आएको उस्को ब्यबहारले देखाएकोछ।एकातिर देशको न्यायपालिकामा पनि राजनीति बिवाद बिगतका दिनहरूमा खुबै फुल्यो र फल्यो कार्यपालिका र ब्यबस्थिका पहिलैई डांबाडोलछन।देशको अर्थ ब्यबस्था कम्जोर अबस्थामाछ बित्तिय साखाहरू चौपट भयकाछन।
शिक्षामा झनै ला-प्रवाही हुँदै आएकोछ।यस्तो ब्यबहारले देशलाई कुन दिशातर्फ लतार्नेहो त्यो हरकसैले पनि अनुमान लगाउन सकिन्छ।केही दिन पहिले श्रिलंकामा एक कप चिया एक सए रू र एउटा ब्रिड एक सए पचास रूपियामा पनि खोसा खोस भयको थियो त्यहांको आर्थिक स्तर डांबाडोल हुंदा देश पुरै सम्बेदनशिलताको कट्घेरामाछ।जनताले नेताहरू मन्त्रीहरूलाई छोप्दै पिट्दै गरेको समाचार मिडियाहरूमा आएको थियो।
हाम्रो देश अब आर्को श्रिलंका हुन-हुन थालेको थियो।तर शिक्षाको स्तरमा भयको गिरावटले देशलाई खत्तम पार्न सक्छ।निजीकरण भनेको एउटा यस्तो खतरनाक खेलहो जसमा फाइदा थोरै नोक्सान धेरै हुन्छ।हाम्रो देशमा यातायात निजीकरणछ त्यसको अबस्था कस्तोछ त्यो कसैबाट लुकेकोछैन।एउटा बसमा दुई बस सवारी भेंडा बाख्रा जस्तरी हुलेर पैसा कमाउँछन।उनिहरूलाई टिकटको ब्यबस्थाछैन सिटको ब्यबस्थाछैन गर्मिको दिनमा बसभित्र स्वासलिन गारोहुन्छ सडक खण्डको अबस्था उस्तै दयानिय छन दिनौदिन सवारी साधन दुर्घटना ग्रस्त हुन्छन।यस्तो कहाली लाग्दो याता यातको अबस्थाछ।पुराना थोंत्रा वहानहरूको भरमारछ यि बहानका मालिकहरूले भिरबाट गुल्टाएभनेपनि बिमा कमपनिले मुवाव्जा दिन्छ तर मान्छे मरेभने त्यसको सिनिखत सम्म हुनसक्दैन।त्यो बसबाट गुल्टिएकोहो कि रूखबाट खसेर मरेकोहो थाहा हुंदैन नत उसँग टिकट हुन्छ न कुनैपर्माण यो कहालि लाग्दो यातायातको अबस्थाछ।
उप महानगरमा नागरिक अस्पत्ताल पनि निजिकरणछन त्यसको परिणाम आज गरिबहरूको पहुंच भन्दा माथी उपचार भयो।अहिले फेरी औषधी उपचार गराउँने पैसा खोल्टीमा नहुँदा फेरी आर्को पटक मान्छेहरू अन्धबिस्वासको चौघेरामा पुगेकाछन हिंजो लोप भैसकेका धामी झांक्रीहरू पुनर्सञ्चालनमा आउँन थालेकाछन।मर्नु भन्दा बौलान राम्रो भनेको जस्तै आज नागरिकको हालत भयो।
तरपनि बिदेशीको इसारामा सरकारले नीजिकरण र ब्यपारीकरणमा जोड दिंदै आएकोछ।देशको र नागरिकको सरकारलाई चिन्ता हुन्थ्यो भने यातायातलाई, असपत्ताललाई र स्कुलहरूलाई राष्ट्रियकरण गरेर देश युवाहरूलाई रोजगारको ब्यबस्था गर्नेथियो।देशभित्र वाईहातमा आएको संघियताले देशको अर्थ ब्यबस्थालाई चौपट पारेको त्यो सरकारमा बसेका स्वांठेहरूलाई थाहाछैन भन्न सकिदैन।अहिले संघियताले देशको अबस्था जती दयानियछ त्यती कहिलेपनि भएको थिएन।सरकारले अबिलम्बन संघियतालाई खारेज गरेर जानुपर्छ र देशमा निजिकरण र प्रत्येक क्षेत्रको ब्यापारिकरणमा बन्देज लगाउँनुपर्छ।साथै बिदेशीको चलखेल रक्नको लागि पहल गर्नैपर्छ खासगरेर अमेरिकन साम्राज्यवादी शक्तिलाई देशभित्र पस्ने योजना आत्मघातीनैहो एमसीसीलाई रद्दगरेर देशमा आफ्नै पैसाले स साना कलकारखाना खोलेर देशलाई आत्मनिर्भर बनाउँनु आजको आधारभुत आबस्याकताहो।अब बर्षातको मौसम आयो सरकारलाई थाहाछ हाम्रो देश ६५%पहाडी भेगछ त्यो ठाउँमा सवारी साधन गुड्दा पहाड पैरो जान सक्छ त्यसलाई बलियो बनाएर बाटो मा पहिरो जान बाट बचाउँने ब्यबस्था गर्नुपर्नेहुन्छ तर सरकारलाई मात्र चुनावको चिन्ताछ कसरी जनतालाई उल्लु बनाएर भोट मिल्छ उनिहरूको समर्थन मिल्छ?सरकार यसैमा ब्यस्थ देखिन्छ।
कमिसन लिएर ठेक्का लिएको बाटो त माटो हालेर खाल्टा खुल्टी पुर्ने मात्रैहो।एक पल्ट पानी पय्रो भने त
यो माटो बगाएर लान्छ अबस्था उस्तै हुन्छ।पानीको भललाई निकासी गर्ने र पहिरो जानबाट जोगाउँनलाई डिल बलियो गराउँन बृक्ष लगाउँनुपर्छ तर कमिसन दिएपछि ठेकेदारको बिल पास हुन्छ।यस्तो हाम्रो देशको अबस्थाछ अनि कसोगरी देशको बिकाश हुन सक्छ?तराईका कयौं ठाउँहरू बर्षाको भलमा
डुवानमा पर्छन त्यसबारे सरकारले कुनै उपाया सोंचेको हुँदैन “जसै पय्रो राती उसै बुढी ताती”भनेको झैं डु्वानमा परेपछी मात्र डुवेकाहरूको फोटा खिचेर ल्याउँने र ओपचारिकता पुरागर्ने मात्रहो।
अशिक्षित समाज अदुरदर्शिय नेता र उन्को पेसाका लागी बनाएको पार्टीले देशको अबस्था सांचैभन्दा डांबाडोल गराउँदैछन।खास गरेर पार्टीका झोले बु द्धिहीन बुद्धिथीवी भयको देशमा अबस्था तरल हुनेगर्छ त्यसैको फाइदा उठाएर बिदेशी शक्तिले दोहन गर्छ आज देशको ठिक त्यही अबस्थाछ।सरकारी सम्पत्तिलाई निजी हातमा दिएर देशको कुनैपनि हालतमा हित हुन सक्दैन।

चर्चामा

सम्बन्धित समाचार