मङ्लबार, जेष्ठ ८, २०८१

जनै- लघुकथा!

  • मङ्लबार, चैत्र २९, २०७८
जनै- लघुकथा!

सुरेशकुमार पान्डे — बाहुँनको छोरा भएर पनि जनै नहालेको अहिले सम्म मलाई पंधेरामा नुहाँन लाग्दा देखेका ति हजूर आमाहरू आपसमा कनगन गर्दै थिए।मैले त्यत्ति वास्ता गरिन नुंहाएं र एक गाग्रि पानी भरेर हिंडे।
भोली मेरो बिहे थियो मलाई यो पनि थाहा थियो बर्धबन्ध नगर्दै बिहेपनि हुंदैन अरे तर मैले आफ्नो मनमा यो धागोलाई कांधमा न टांग्ने निधो गरि सकेको थिएं।समाज भने त्यही धागो नदेख्दा कांधमा दुखि थियो।बाबु कहिले जानेहौ लाहुर?गाग्रि उचालेर हिंड्नै थालेको थिएं एउटी बोइले सोध्नु भयो!खै भोली पर्सि तिर जान्छु होला बोई !मैले उत्तर दिएर हिंड्न थालें।होइन अहिले पनि बिबहा गर्दैनौ र?पछाडी बाट फिरी उनैको आवाज आयो!कां गर्ला अंझैपनि जनै हाल्या रैनछ!म बोल्नु भन्दा पहिले नजिकै बसेकी आर्की हजूर आमा ले उत्तर दिइन र दुबैले एक आर्कालाई हेरा हेर गर्दै हांसे। म न बोलि त्यँहा बाट हिंडे।
भोली मेरो बिहे थियो भन्ने उनिहरूलाई कत्तिपनि भनक थिएन।हामिले हिंजो राती धेरैछलफल गरेर बिहे पक्का गरेका थियौं।यो समाजले मलाई जनै नहाली बिहे गर्न दिनेछैन तर म पनि त्यो जनै भिर्दैन भन्ने मनैमनमा अठौट गरेको थिएं।
हाम्रो बिहे भोली एउटा मन्दिरमा हुने सल्ला भै सकेको थियो।मन्दिरमै बिहे गर्नु पनि त्यो वेला बाध्यतानै थियो मेरो लागी।जीवन भरीमा समाजमा रहेका यिनै रूढीवादी संस्कारको बिरोध गर्ने अनुसन्धान गर्दै आएको ब्याक्तिलाई मन्दिरमा बिहेगर्नु सुखद बिषय थिएन तर पनि मन्दिरमा बिहे कम खर्चिलो हुनेभएकोले र बुढाबुढीहरूको मन नदुखाउँने बिचारले हुन्छ भनिहालें।त्यो वेला देखुन जो समाजले गर्नै पर्छ भन्यो मैले पनि त्यसैको बिरोध गर्दै आएं यस्ता कयौं उधारणहरूछन।अहिले पनि यो जनैलाई न लगाउंने अठोट गरेकै थिएं।
हामी बिहे गर्न मन्दिरमा गयौं बिहेको सबै तैयारी भयो हामी कुल पांच जना जन्ति समेत जुटेका थ्यौं।अहिले यंहा बाहुँनले पहिलो प्रश्न जनै लगाउँनै पर्ने गरे।मैले लगाउँदैन भनेपछि उन्ले बिहे हुंदैन भने त्यँहा एकछिन हल्लि खल्लि भयो तर उनिहरू सबैले जनै न लगाउँदै बिहे हुंदैन भने पछि अहिवेर सोंचमा परें आफुलाई लाहुर हिंड्न ढिलो भयको त्यो वेला गिनेचुनेका सवारी साधन भट्टिन्थे।आज बस हिंड्यो भने तिन बजे पछि कुनै साधन थिएन र बासा बजारमै होटेल लिएर बस्नुपर्छ पहिलैई धेरै ढिला भै सकेको थियो यावत सोंचेर जनै घांटीमा टांगियो।त्यसपछि बिहे समपन्न भयो अनि भाइर एउटा कुनै बिर्क्षको हागामा जनै झुण्डाएं यो दिश्य देखेर मेरा आफ्नै जेठानले यो त कम्युनिष्कहरूले गर्ने कामहो जञैं यसो गर्नु भयन भन्नु भयो।उंहा त्यो वेला कांग्रेसको भुमिगत नेता हुँनुहुनथ्यो।म प्रवाशमा सामाजिक संगठनको साधारण कार्यक्रता थिएं।त्यो वेला देशमा घोर पञ्चायती ब्यबस्था थियो।
म त्यो वेलामा पनि कम्युनिष्ट थिएन तर जनैधारीहरूले आफु र आफ्ना शन्तानहरू सबैलाई भ्रममा राखेको त्यो वेलामा मलाई महेशुर्ष हुने गर्थ्यो।बिहे भयपछि जनै त्यँही झुणँडाएर आफु परदेश लागियो।
आखिर ब्रहामणनै भएपनि मैले पुरानो बिचारधारालाई आफ्नो नजिक आउँन दिंदैन थिएँ।कतिले भन्ने गर्थे होइन भारतमा नलगाएपनि नेपालमा फर्किएपछी त जनै लगाउँनै पर्छ।तर आखिर किन यो ढोंग गर्ने?हामिसबै मानिसहौं अनि जनै लगाएपछि त्यहि निर्देशनुसार चल्नु पय्रो त्यो भन्दा जनै नै नलगाए आनन्दै भन्ने मिरो बिचारहो।खास गरेर मलाई जातिय बिभेद नभय हुन्थ्यो भन्ने लाग्थ्यो र त्यहिनुसार गाउँमा बँयबहार गर्दा कतिले हावा खुस्केको मान्छे पनि भन्ने गर्थे उनिहरूको त्यो भनाईले मलाई कम्जोर होइन बढि शक्तिशाली बनाउँने गय्रो।
जनै भन्ने बिषय ब्राहमणको धर्म क्रम रितिरिवाज सँग जोडिएकोले आजको यो विज्ञानिक युगमा पनि क्रमकांड जस्ता सास्त्रहरूमा आस्था राख्न न खोज्दा यो जनै नलगाउँने बिचारलाई मन र मष्तिकमा बानेर राखें।कम्युनिष्टहरू भौतिकवादी हुन्छन भन्ने लागेकोले मलाई भौताक बिचार मन पर्ने भएकोले कम्युनिष्टको नजिक पुरायो।देशमा बहुदलिय ब्यबस्था पनि सुरू भयो र पछि नेकपा माओवादीहरूले जनयुद्ध पनि सुरू गरे थुप्रै ब्यक्तिहरू त्यो आन्दोलनमा कुंदे पनि दश बर्ष सम्म जनयुद्ध चल्यो त्यो द्धौरानमा कयौं दलितहरूलाई बाहुनका घरमा जबर्जस्ति घुसाउँने र जनै छिंडाल्ने काम नेकपा माओवादीले गय्रो त्यो काम दवाब मुलक भएकोले मलाई ठिक लागेन।
हजूरले आफै जनै नहालेको ब्याक्ति भएर पनि किन हाम्रो अभियानमा बिरोध गर्नु भयो?एकजना त्यो वेलाका कमान्डरले सवाल गरे!कमरेड मैले आफ्नो लेखमा जनै दवाब मूलक छिनाल्ने र जबर्जस्ति बाहुनको घरमा घुष्ने कुराको बिरोध गरेको हुं तर जनै भिर्नुपर्छ भनेर मैले भनेको होइन!मैले उन्को प्रश्नको उत्तर दिएं।उनि समझ्दार थिए अलिवेर छलफल पछि अखबारको पाना अलिवेर नियाले त्यो मेरो लेखलाई दोराहेर पढेपछी उनि हौश भन्दै निस्के।
तर उनैमध्यका कयौं कम्युनिष्टहरूले पछि आफुले जनै भिरेको आफ्नै आंखाले देखियो।त्यत्ति मात्रै होइन गोरू काटेर खानेहरूले गाईको पुजा गर्न थाले अहिले उनिहरू मन्दिरका सक्रिय भगतछन तर दलितहरूलाई मन्दिर पस्दा भने के गर्छन त्यो जान्न सकिएको भनेछैन।म अहिले पनि त्यो जनैको बिरूद्धमा लड्दैछुँ।ति हिंजोका पंधेरामा मेरो उपहाश गर्नुहुने बोई अब भौतिक रूपमा उपस्थित हुंनुहुंदैन उन्का छोरा बुहारी भने पुरानै खयालकाछन।तर मैले जन्माएका छोराहरूले पनि जनै लगाउँन मानेनन्

चर्चामा

सम्बन्धित समाचार