• होमपेज
  • कला /साहित्य
  • भ्युटावर-लघुकथा!

भ्युटावर-लघुकथा!

  • शुक्रबार, चैत्र २५, २०७८
भ्युटावर-लघुकथा!

सुरेशकुमार पान्डे — डोको काटेर एउटा अधेड उमेरका ब्याक्तीले आफ्नि श्रमतीलाई बोकेका थिए। स-साना बिध्यार्थिहरूले मेला लागेको जस्तै एककोहोरो उतै हेर्दै थिए जता जान उनि छिट्छिटो पाइला चाल्दै थिए थिए।आफुले बोकेको भारीको वास्ता नगरी।
बतास नरोकिएर आफ्नै गतीमा उड्दै थियो साहिद उक्कालो काटेर आउने पैदल यात्रुहरूलाई सितलता प्रदान गर्ने उदेश्यले बतास आफ्नै गतीमा चलिरहेको थियो।सल्लाका पातहरू बतासको गतिमा नाचेका थिए।
त्यो हिमालको सामुन्यको चौर अत्यान्तै रमणि छ निरन्तर चिसो बतासले सेवा प्रदान गरिरहन्छ।
प्युठाने माईला एकछिन त्यही डांडामा ठिङ्ग उभिए र आफ्नो पसिना सुकाउँने प्रयास गरे तर उनि गर्मिले भन्दा मनको संतापले लुथ्रुक्कै भिजेका थिए।
पाठशाले भने पढ्न छाडेर भएपनि उनैलाई नियालेका हुन्छन खै कसैलाई लाग्दो होला हाम्रो बाबाले पनि त आमा बिमार परेको वेला यस्तै गरेर उपचार गर्नु हुन्छ होला कसैले टिठाए जस्तै कसैले ठट्टा गर्दै आपसमा कुरा गर्दै थिए। केही स साना दोकानहरू भयपनि राम्रै चहल पहल देखिन्थ्यो।स्कुलको नजिकै रक्सिको ढेंक भएकोले होला त्यंहा हुने रम्मिताहरू बेग्ला बेग्लै थिए कसै कसैलाई त्यो मनो रञ्जन लागथ्यो भने कुनै चिन्तित देखिन्थे पाठशालेको भबिश्य सम्झेर।
हामी त्यही वेला स्थिनिय चुनावमा प्रचार प्रसार गर्न हिंडेका थियौं।त्यँहा केही साथिहरू गफ गर्दै गर्दा मेरो दृष्टी भने प्युठाने माइला तिर थियो उनि बिस्तारै हेल्थ पोष्ट तिर जांदै थिए।म कयौं पटक उन्को गाउँमा गएकोले कतै उन्लाई देखेको जस्तै लाग्यो।
मलाई उनि सँग बिमारीको बारेमा सोध्न खुलदुली लाग्यो र पछि पछि त्यही हेल्थ पोष्टको नजीकै आएं।दाई नमस्ते मलै उन्लाई नमस्ते गरें उनि हात मात्र जोडे र मतिर पिर्लुक्क हेरे करूणाले भरीएको दृष्टीले मलाई नियाले।के भयो भाउजुलाई?मैले बुझ्न खोंजे!के हुंने अंस्ति देखी धेरै जरो आएको आई रोकिएन,धामि झांक्री गरियो उपाए लागेन भाई!उन्ले भने।
हेल्थ पोस्टो भित्र एउटा भाई थिए मैले चिनेका उनि भाइर आए अनि मरिज तिर हेर्दै खै डाक्टर साहिब कतिवेला आउँनु हुन्छ!कता जानु भाछ भाई डाक्टर साहिब?मैले उन्को कुरा बिचैमा काटेर सोंधे!उंहा कतै गाउँमा जानु भाको हो बिहानै आउँनु भएकोछैन!उन्ले भने बिमारीको हालत अलि सिरियस देखिन्छ बरू घोराही नै पुराए हुने थियो!उन्ले थपे।उनकुरा सुनेर हो नि छिट्टै पुराउँन सके त हुन्थ्यो!मैले पनि समर्थन गर्ने सेवाए के थियोर।
बिचरा प्युठानको अरंग पार देखि आएका ति ब्याक्ति बिहानै डोकामा बोकेर आफ्नो श्रीमतीलाई अहिले उपचार होला भन्ने आस आसमै बिलाएको थियो।डाक्टरले जानेको काम अरूलाई केथा?निदारमा छामदा एकदम जोरो आएको थियो।भाई बरू यो जरो रोक्ने कुनै उपाए भए गर डाक्टर आउँदा सम्म !मैले भने।हौश म गरिहाल्छु बरू यँहाहरूले बजार तर्फ छिट्टै लगे अंझै वेलाछ डाक्टरको थाहाछैन डाक्टर आएपनि उन्ले रेफर गर्ने हुन यँहा उपचार यो दिदिको मुस्किलैछ!उन्ले भने र भित्र तिर गए।आखिर म पनि बिवस निशब्द उभ्भिनु भन्दा बाटो लागें।
हामिलाई चुनाव प्रचार गर्न ढिला भएकोले त्यती कुरा गरेर चौर तर्फ लग्यौं।
अलिवेर पछि डाक्टर हल्लिंदै रक्सीको तालमा दुईजना त्यही डांडामा कतै बाट टुप्लुक्कै देखिए एउटा हातमा भाले छोपेको एकजना हेल्थ पोष्टकै कर्मी पिउंन सँगै थिए। कुरागर्दा जिब्रो लटपट भयको डाक्टर साहिब हल्लिंदै थिए बिच चौरमा अब राम्चेहरूको नजर उतै थियो।
डाक्टरलाई देखेपछि मलाई उक्त मरिज याद आयोर हेल्थ पोष्टमा पुंगे मरिज बिचरा आत्तिएर आफ्नो डोको बोकेर बजार तर्फ लागि सकेछन रात पर्छ भन्ने डरपनि भयो।
हेल्थ पोष्टमा सिटामोलका औषधी त्यो वेलामा भने थियो उन्लाई उनै भाइले एउटा इक्जेसन लगाएर केही गोली दिएर पठाएका रैछन।छि कस्तो देशको अबस्थाहो जो छ त्यहि पनि ठिक छैन जनताले सदोपयोग गर्न सकेकाछैनौं।
यँहा एउटा एक्सरा पनि हुँदैन एक्सरा गराउंन एक बिहान भरी हिंड्नु पर्छ कुनै साधन छैन अनि कसरी उपचार हुँने।
अहिले देशमा बिकास भएछ तिन अरबको बचेट लगाएर देशमा भ्युटावर बनेकाछन।अरबौं रूपियाहरू मन्दिरमा खर्चिन्छन।मन्त्रीहरूले बिदेशमा गएर आफ्नो उपचार गराउँछन।
हुन त अहिले मोटर पनि चल्न थाले मेरो आफ्नै एउटा पाटोमा मोटर हिंडी रहेकोछ।मलाई थाहाछ म आफैले त्यो पाटो लाई बाटो बनाएको बिरोध गरेंभने यो बिकास बिरोधीहो भन्नेछन यिंनै गाउँलेहरूले यहि सोंचेर बोल्न सकिन।
अब प्युठाने माइलाहरू लाई डोको काटेर आफ्नी श्रीमतीलाई बोकेर अस्पत्ताल ल्याउँन पर्दैन होला।साहिद त्यंहा पनि गरिबको बारी बारीमा थोंत्रा बस गुड्दा हुनन्।
एम्बुलेन्सको सुबिधा गाउँमै उपचार केन्द्रहरू भै नसकेको भए भ्युटावर कसरी बन्थ्यो होला भनेर सोंची रहेकोछुँ।
अहिले त्यहीं गाउँमा मतदान गर्न जानुछ मलाई।त्यस पछि त्यँहाको वारेमा राम्रो जानकारी होला।के हाम्रो देशलाई भ्युटावर नभै नहुँने हो त?मैले बिगतलाई सम्झिंदै मनैमनमा खै को सँग प्रश्न गरें जस्को उत्तर मा देशको ति तुहीनहरूले चिच्याई चिच्याई उत्तर दिंदैछन।

चर्चामा

सम्बन्धित समाचार