शनिबार, जेष्ठ १९, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • एमाले बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र सूरू

एमाले बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र सूरू

  • शुक्रबार, जेष्ठ ४, २०८१
एमाले बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र सूरू

बाजुरा– नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र ३ दिन पछि सूरू भएकाे छ । जेठ १ गते उद्घाटन भएकाे अधिवेशनपछि बन्द सत्र सूरू गर्ने कार्यतालिका रहे पनि सहमतिका लागि प्रयास गर्दा ३ दिनपछि सूरू गरिएकाे एमाले बाजुराले जनाएको छ ।

आजबाट जारी बन्द सत्रमा पार्टीकाे राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिने भएका छन् । भने लगत्तै जिल्ला कमिटीकाे नयाँ नेतृत्वका लागि प्रकृयाहरू अगाडि बढाईने छ । जिल्ला खेलकुद समितिकाे कवर्डहलमा सूरू गरिएकाे बन्द सत्रमा एमाले केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता तथा अधिवेशन प्रतिनिधिहरू सहभागि भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार