आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अनुशासन को महत्त्व !!!

अनुशासन को महत्त्व !!!

  • बिहिबार, चैत्र १७, २०७८
अनुशासन को महत्त्व !!!

मानवजाती लाई अनुशासन को महत्त्व अत्यन्तै आवस्यक पर्दछ। अनुशासन भएन भने कुनै ब्यवस्था तथा घर परिवार छरछिमेक भन्दा बेग्लै र अनियंत्रित ब्याक्ती हुन सक्छ अथवा उक्त ब्याक्ती कुनै मानसिक रोगि हुन सक्छ । मान्छे ले नियम निर्धारण तथा अनुशासन बिहिन भएर बस्न सक्दैन ।कुनै बिधालय मा बिद्यार्थी हरु लाई बिधालय आउने समय छुट्ने समय ,उनिहरु लाई प्रार्थना गरने समय ,कक्षा कोठा गएर गुरुहरु ले दिएको घिर्यकार्य गर्ने तथा गुरुहरु प्रती सम्मान सत्कार गर्ने बारे उचित प्रकार ले शिक्षा दिएको हुन्छ्न । तथा बिद्यार्थी हरु ले गुरुहरु ले दिएको निर्देशन लाई पालन गर्नु त्यसलाई प्रयोग गर्नु बिद्यार्थी हरु को जिम्मेवारी तथा दायित्व का साथै अनुशासन हो ।बिधालयमा उचित प्रकार ले शिक्षक हरु ले दिएको शिक्षा उनिहरु लाई बिधालयमा पढ्दा सम्म को लागि मात्र होइन ,जीवन भरी बिद्यार्थी हरु को लागि मार्गदर्शन र उपयोगी बन्न सक्छ । त्यसकारण पनि बिधालय मा गुरुहरु ले दिएको नियम तथा अनुशासन मा बाँधिनु आवस्यक हुन्छ ।अनुशासन बिद्यार्थी हरु को लागि मात्र होइन प्राकृतिक जगतमा सबै लाई अनुशासन अपरिहार्यता हुन्छ। एउटा गाडी चालक ले गाडी लाई विभिन्न ट्राफिक नियम तथा अनुशासन लाई पालन गरेर चलाएको हुन्छ । यदि उसले सामान्य लापरबाही अथवा अनुशासन बिहिन भयो र गैरजिम्मेवारी बन्देयो भने गाडी नै दुर्घटना हुने र सवारी हरु लाई गम्भीर अवस्था मा पुराउन सक्द्छ र स्वयं उ पनि पर्न सक्द छ। यो गाडी चालक को बिसय भयो ।नेपाली हरु विभिन्न मुलुक मा गएर रोजगारी गर्द छ्न । त्यसै अनुरुप भारत मा पनि नेपाली हरु अरु रास्ट्रहरु मा भन्दा धेरै र अत्यधिक रोजगार को लागि भारत आएका छौँ ।

हामी भारत मा आइ रोजगारी गर्ने शिलशिला नयाँ होइन पुरानो हो । आज भन्दा पन्ध्र बीस बर्ष अगाडि भारत मा म पनि रोजगारी को शिलशिला मा धेरै रोजगारी गर्ने ब्याक्ती हरु संग मेरो भेटघाट चेनै भएको थियोे ।उस समयमा पनि अहिले बनिरहेको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज को संगठन को आधार बलियो र शसक्त थियोे । तर पनि कयौं ब्याक्ती हरु संगठन भन्दा बाहिर र संगठन गर्न को लागि रुचि नभएको बुर्जुवा हरु पनि भेटिन्थे र अहिले पनि भेटिन्छ्न ।संयोग ले धेरै नेपाली हरु जम्मा हुने एक ठाउँ मा पुगेका थिएँ । त्यहाँ एकजना वृद्ध ब्याक्ती ले जुवाडेहरु लाई जम्मा गरि तास खेलाउने काम गर्दा रहेछ्न । त्यो वृद्ध कहाँ धेरै जिल्ला का मान्छे हरु आएर तास खेल्दा रहेछ्न । तिनी जुवाडेहरु आइतबार पारेर जुट्दा रहेछ्न ।उनिहरु दारु पिएर मस्त भए का तास खेल्दा खेल्दा उनिहरु को बोली यस्तो तुच्छ र घिन लाग्दा बोल्थे जो मान्छे को अगाडि बोल्न सम्भव हँदैन । तिनिहरु लाई अनुशासन र नियम मतलब थिएन ।कतिपय जड्याहा हरु ले त मुखै पच्छे आमा छुने गरेको देखेको थिए । कतिपय जड्याहा हरु तास खेल्ने ब्याक्ती हरु यहीँ बाट घर को सम्पत्ति समेत तास खेलेर फाल्छ्न भन्ने सुनेको थिए ,तथा आफ्नो जीवन संगि लाई पनि धितो राखेर खेल्छ्न भन्ने अत्यन्तै दु:खद समाचार सुनेको थिए । यो एउटा् उदाहरण चेनैको भयो चेनै जस्ता विशाल शहर हरु भारतमा धेरै छ्न ।ती शहर हरु मा त्यस्तै अनुशासन बिहिन र उदेश्य बिहिन ब्याक्ती हरु लाई उचित शिक्षा र चेतना बढाउने तथा कुनै उदेश्य मा कटिबद्ध होउन भनेर मुल प्रवाह ले बिशेश क्लास को आयोजना तथा शिक्षा दिने काम गर्दै आएको छ । र असंगठित नेपाली हरु लाई संगठन मा आबद्ध गर्ने उनिहरु लाई बैचारिक तथा सैद्धान्तिक क्लास दिने र आफ्नो उदेश्य प्रती प्रतिबद्ध हुन प्रयत्न गराउने महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ। जुन अविभावकिय रूपमा मुक प्रवाह को बिश्लेषण हुने गरेको छ। मैले भन्न खोजेको यो हो कि कुनै ब्याक्ती बिशेश तथा मानव जगत मा बौद्धिक ब्याक्ती ,दार्शनिक ,राजनीतिज्ञ ,डाक्टर ,इन्जिनियर ,नेतागणहरु सबै ले अनुशासन र सभ्य संस्कार बिना यो दुनियाँ परिवर्तन असंभव थियोे ।

नेपाल मा बैशाख ३० गते हुन गैरहेको निर्बाचन को लागि विभिन्न राजनीति दलहरु आ आफ्नो चुनावी रणमैदान मा उत्रिएका छ्न।सबै ले आ आफ्नो पार्टी को राजनीति प्रचारप्रसार गरेका छ्न । जो लोकतान्त्रिक प्रणाली मा स्वागत योग्य बिसय हो ।तर राजनीति गर्ने ब्याक्ती हरु उच्च आदर्श र अनुकरणीय शब्द शैलिहरु प्रयोग भन्दा ब्याक्तीगत टिकाटिप्पणी ,ब्याक्तीगत तुच्छ र गालिगलोज र शैली अपनाएको देख्खिरहेको छ। जु नेतागण हरु र कुनै जडया मानसिक सन्तुलन बिग्रेको ब्याक्ती हरु बिचमा छुट्ट्याउन जन्ता लाई मुस्किल परेको छ। बिशेश गरि अरु दलका भन्दा एमाले का नेता गण हरु ले अनियंत्रित अहंकार युक्त शब्द शैली र घमण्ड ले भरिएको शब्द शैली ले सुन्दर समाज निर्माण को महान अभियान मा लागेका हरु को लागि अपाच्य भएको छ। तथा हाम्रो नेपाली समाज को मौलिक संस्कार झुट र बैमान, असत्य नबोल्ने दार्शनिक बुद्ध र नेपालिजन प्रती को अपमान भैइरहेको छ। गलत र असत्य प्रती ताली ठोक्ने प्रवृती ले नेपाल मौलिक सभ्य संस्कार र अनुशासन माथी प्रहार भएको छ। सबै सचेत नागरिक हरु ले असोभनिय कार्य गर्ने हरु प्रती सहमत प्रकट नगरौं !!!

लेखक:- जुँगराज राँहु मगरदक्षिण भारतबाट

चर्चामा

सम्बन्धित समाचार