शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • शंघर्ष केका लागि?

शंघर्ष केका लागि?

  • शुक्रबार, कार्तिक १२, २०७८
शंघर्ष केका लागि?

सुरेशकुमार पान्डे — हामि मध्य धेरैजसो शान्ति सँग बांच्न चाहान्छौँ।शान्तिपुर्ण ब्यबस्थामा आफ्नो परिवार सहित पसिना बगाएर जीवन यापन गर्न चाहान्छौँ।तर हामिले शान्ति सु ब्यबस्थाका
लागि शंघर्ष गर्नै पर्ने बाध्यता सिर्जित भयरनै शंघर्षको बिढा उठाएका हुन्छौँ।
हुनत हामिले मानिस जीव जन्तुहरु सबैले चाहेर वा नचाँदा नचाहाँदै पनि शंघर्ष गरेकै हुन्छौ।प्राकृतिक सँग हामिसबैले आ-आफ्नो अस्तित्वको लडाई लडिरहेका हुन्छौँ।तर मानव समाजले प्राकृतिकको साथै सामाजीक राजनीतिक शंघर्ष पनि लगातार गर्नु परेकै हुन्छ।
कसैले धनमान बन्नको लागि शोशण गरेका हुन्छन तर श्रमजीवीहरुले जीवन यापन गर्न शंघर्ष गर्छन।शिक्षित बर्गले समाजमा भयका मानवहरु द्वारा मानवलाई गरिने शोषणको बिरुद्धमा शंघर्षगर्ने गर्छन।त्यहि क्रममा शंघर्ष कै बिचबाट शंघर्ष गर्दा गर्दै मौका परस्तहरुले त्यो शंघर्ष लाई आफ्नो पोल्टामा पार्न आर्को शंघर्ष गरेको हुन्छ त्यसैलाई वेमान अवसरबाद अथवा गद्धार भनेर भन्छौँ।किन कि हामि हजारौँ हजार जनताको हितमा शंघर्ष चलाएकाहरुकै बिचबाट हाम्रो हितको बिपरित केहि ब्याक्तिहरुले आफ्नो नीजि स्वार्थ पुरा गर्ने उदेश्यले हाम्रो आन्दोलनलाई बिचैमा सम्झौता गरेर आफ्नो स्वार्थ पुरागर्ने दुशसहाश गर्छ भने त्यो एक प्रकारको
गद्धारिनैहो।
त्यो अवसरबादी राजनीतिक गरेर आ-आफ्नो स्वार्थ पुरा गर्नेहरुको समाजमा कमिछैन र यो सम्भावना रहिरहन्छ।एउटा परिवर्तन सिल क्रान्तिकारी समूह भित्र कयौँ पल्ट छद्मभेशिहरुको जनम हुन्छ र तिनिहरू बिचमा पतन हुन्छन त्यो प्रकृया लगातार चलिरहन्छ।तर यो भनाईको अर्थ यो पनि होईन बिच बाटाबाट निस्किने वा बाटो छाड्ने सबै गद्धार वा मौका परस्थहुन्छन भन्दा त्यो थाकेका वा निरास भयर चुपचाप बसेका,वा राजनीतिक बिचारमा चित्त नबुझेर अर्को बाटो छोपेकाहरु सँग अन्यायपनि हुनसक्छ।
रुसको कम्युनिष्ट पार्टीको ईतिहाशको अध्यायन गर्दा सन१९०५भन्दाको पहिले बोल्सेबिक पनि अल्पमतमा परेका थिए।कहिले काँही बहुमतले गरेको निर्णय गलत प्रमाणित पनि हुन्छ।त्यसैले कम्युनिष्टहरुले अल्पमतको कदर गर्दै बहुमतको निर्णयलाई कार्यन्वयन गर्नुपर्छ भनेर भन्निन्छ।कति पयले निक्लेर गयकालाई दुश्मन जस्तै पनि ठान्ने भुल गर्छन।निक्लेर जाने सबै दुश्मन वा गद्धार हुँदैनन् कति पय ईमानदार ब्यक्तिहरु पनि निक्लेका हुनसक्छन।आखिर हामिसबैको एउटै बर्ग हो र गतन्ब्य पनि फरक हुन सक्दैन।
हामि मानिसहरु बाट कहिलें काँहि बिभिन्न कारणले गर्दा गलति हुनेगर्छ गलत निर्णय पनि हुनेगर्छ तर त्यो अघिल्लो गलतिलाई पछि रिजल्टले छर्लङ्गै पार्छ।कुनै पनि सच्चा क्रान्तिकारिहरुले गलतिलाई सहर्ष स्विकार गर्नुपर्छ र गर्छन पनि।तर कति पयले एउटा गलति लुकाउँन अनेक प्रकारका गलति गर्न थाल्छन भने तिनिहरु क्रान्तिकारि होईनन् अवसरबादी हुन भन्ने कुरा बुझ्नुपर्छ।ईमानदार ब्याक्तिले सामाजिक काम थोरै गरेपनि त्यो ओजनदार हुन्छ।वेमानहरुले गरेको काम मात्र ओपचारिक्ता पुरागर्ने खालको हुन्छ।हाम्रो शंघर्ष गर्ने प्रकृयापनि त्यहिहो कतिपयले थुप्रै गफ लगाएर जनतालाई ब्रगलाउँने र आफ्नो उल्लु सिधागर्ने गर्छन भने कयौँले वास्तबिक रूपमा शंघर्ष जनताको हितमा गर्छन।खास गरेर सामाजिक संगठनमा स्वांसेवकहरुको काम निस्वार्थ हुन्छ उनिहरुले कामलाई सफल पार्ने उदेश्यले गर्दछन।यो कुरा मेरै आफ्नो पनि लगभग चारदशकको अनुभवहो।हामिले राजनीति गर्न जानेका छैनौँ।जसले समाजिक काम दिनरात गय्रो उसले कहिले पनि ब्याक्तिगत घटानाफाको रुपमा हेर्न सकिन त्यसैको परिणाम स्वार्थि र मौका परस्त हरुको दृष्टीकोणमा त्यो पागल हो वा अर्ध पागलहो।
एक जना ब्याक्तिले संगठनको बिरुद्धमा आई लाग्नेको बिरुद्धमा शंघर्ष गर्छ किन कि उस्ले संगठनको गरिमा जोगाउँनुछ त्यो पनि निस्वार्थ।उसको कुनै फाईदा हुनुको सट्टा नोक्सान भयकोछ।पहिलो ब्याक्तिले समाज बाट फाईदा लिने उदेश्यले शंघर्ष गर्दछ।मौका मिल्दा बित्तिकै उसले फाईदा लिनेहो त्यसकारणले उस्ले ब्याक्तिगत घाटा वा नाफालाई ध्यायन दिएर काम गर्दछ।दोस्रो नम्बरको ब्याक्तिले आफ्नो नोक्सान ब्यहोरेर पनि संगठनको फाईदा हौश भन्ने उदेश्यले काम गरेकोछ त्यसकारणले पहिलो ब्याक्तिको नजरमा त्यो दोस्रो ब्याक्ति पागल बुद्धिहिन हो।
आजको पुँजीवादी समाजिक ब्यबस्था ठिक यस्तै खालकोछ।आखिर संगठनमा दिलौ ज्यानले काम गर्नेहरु अशुरक्षित र पहिलो नम्वरको ब्याक्तिको अपमान सहेर कति दिन सम्म शंघर्ष गर्न सक्छन?आखिर सए जानाले एक जानालाई पटक पटक पागल भनेपछि वास्तबमानै त्यो मानसिक रुप बाट पनि पागल हुनसक्छ”यो वास्तबिकहो।यसतो अबस्थामा कसको भरमा शंघर्ष गर्ने यहि समस्या दोस्रो नम्बरको ब्याक्तिको सामुन्य ठिङ्ग उभिएकोछ।
शंघर्ष त अन्जानमा पनि गरेकै हुन्छौ।प्राकृति सँग समाज सँग प्रत्यक्ष शंघर्ष गर्न कठिन कामहो।एउटा अञ्जान ब्याक्तिले नजानेर जनै फाल्नु र आर्कोले जानबुझेर फाल्नुमा फरक हुन्छ।जसले जानबुझेर जनै फाल्छ उस्ले समाज सँग शंघर्ष गर्नु पर्छ अर्कोले त फाल्यो अनि पछि लगायो उसलाई कसै सँग लड्नु पर्दैन।त्यसैले शंघर्ष हामिसबैले गरेकाछौँ तर शंघर्षको नियति फरक-फरक हुनेगर्छ।

चर्चामा

सम्बन्धित समाचार