शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जनै पुर्णिमा वा रक्षा बन्धनको बारेमा!

जनै पुर्णिमा वा रक्षा बन्धनको बारेमा!

  • सोमवार, भदौ ७, २०७८
जनै पुर्णिमा वा रक्षा बन्धनको बारेमा!

सुरेशकुमार पान्डे — वास्तबमा मेला पर्व भनेको सामाजिक गहनाहुँन्छन। सबै खाले मेला पर्वले समाजको कुनै न कुनै ऐतिहाशिक बिचार को प्रतिनिधित्व गर्छन।यसले समाजिक रुपमा सुखःदुःखको आदान प्रदान गर्नेगर्छ।ईष्ट मित्रहरु सँग भेटघाट हुँने एउटा बहाना पनि मिल्छ।तर हामिले जुन मेला पर्व मनाउँदै आएका हुन्छौँ त्यसको वास्तबिकताको बारेमा पनि बुझ्नैपर्छ।
जन्मिए देखि देख्दै आएकाछौँ पुजा लगाएको,लाखबत्ति बालेको,मन्द्रिरमा फुल पाति चडाएको।जाँ पानी उम्रेको देख्छौँ त्यहाँ फुलपाति फाल्छौँ,जाँ ध्वजा बानेको देख्छौँ त्यँहा गएर ध्वोजा पनि बान्ने फुल पाति चडाउँने गर्छौँ।
हाम्रो बाउ बाजेहरुले बर पिपल लगाएर तिनको बिबहा गराउँथे त्यँहा राम्रो चौपाल र पोखरी खनेर मौला गाड्थे।गाईलाई नुन हाल्थे।
तुलासा नभयको घर हुँदैनथ्यो।यि सबैका आ-आफ्ना उदेश्यहरुछन महत्वहरुछन।कतिपय रुढिवादी र कतिपए वैज्ञानिक खालका पनिछन।
बाहुँन क्षेत्रीहरुलाई जन्मिए पछि बर्तवान गर्ने र जनैको नाउँमा थुप्रो मन्त्र सिकाउँने त्यहि बन्धनमा बस्नलाई बाध्य गराईन्छ।आखिर के हो वास्तबिकता कहिले बुझ्ने प्रयात्न गय्रौँ वा आँखा चिम्लेर यिनि ब्यबहार गर्दै अंध भक्त बनेकाछौँ हामि हाम्रो समाजलाई अन्ध बिस्वास तर्त्र डोराएका त छैनौँ?यदि त्यसो हो भने गलत हो।
हाम्रो बिरालो बाँधेर श्रद्धा गर्ने समाजलाई अब ठिक बेठिक बुझ्नुपर्छ कि?आज मनाईने पर्व जनै पुर्णिमाको बारेमा हामिले के कति जानेकाछौँ?वा जान्न बाँकिनैछ।
“येनबद्धो बलिराजा दानबेन्द्रो महाबल,तेन त्वां प्रतिबध्नाग्मि रक्षेमा चलमा चल।।
(जुन रक्षा काँचो धागोले दानवहरुको महान राजा बलि लाई बाँधेको थियो तिमिलाई म त्यहि धागोले बान्दछुँ,यो रक्षाबन्धनले सधैलाई रक्षा गर्छ।)सास्त्रले भन्छ भगवान बिष्णुले दानव बलिराजाको नासगरि पाताललोकमा राजगरे तिम्रो साथ रहन्छु भनेर प्रतिज्ञा गरेको खुसियालिमा यो पर्व मनाईएको पनि भन्निन्छ।
उता राखि पर्व मनाउँनेहरुले फेरी यसलाई महाभारतको युद्ध सँग पनि जोडेको देखिन्छ।
“कृष्णाले सिशुपाललाई शुदर्शन चक्र प्रहारगर्दा कृष्णको हातमा चोट लागेछ र रगत बगेको देखेपछि द्रौपदीले आफ्नो कपडा च्यातेर कृष्णको औंलामा बाँधिदिए त्यसबाट खुसि भएर कृष्णाले के चाहान्छौ भनेर सोधे पछि एउटी चेलिले जस्तै भगवान कृष्णको स्नेहःउपस्थिति सधैरहिरहोश भनिन् र त्यसैबाट राखिमनाउँन आराम्भ भयो भनेर पनि भन्निन्छ।यसै दिन महार्षि याज्ञा वलक्यले आदित्य ब्रम्ह(सूर्य)बाट वेद प्राप्त गरेका थिए।अन्तःयसदिनलाई वेद जैन्ति पनि भनिन्छ।यसै दिनलाई जनै पुर्णिमा पनि भनिन्छ भन्ने आदी बिभिन्न खाले तर्कहरु पनि भेट्टिन्छ।यो दिनमा बिशेष रुपले (क्वाँटी)नौवटा गेडा गुडिलाई दुई दिन पहिले भिजाएका टुँसा उमारेका लाई खाने परमपरा पनिछ।
यस्ता कयौँ धर्मसास्त्रहरुमा छुट्टा छुट्टै तर्कहरु भेटिन्छ।हामिले अहिलेको युगमा यिनलाई कसरि ब्याख्य बिष्लेषण,समबर्धन र प्रवर्धन गर्ने?यसबारे बुझ्न जरुरीछ।
मैले मेरा आमा बा सँग परमपराको बारेमा सोध्दा यो सदियौँ बाट चल्दै आएको रिति हो बाबु भन्नु भयो।धार्मिक पुजारिहरुले माथिको उल्लेख गरिएका लगायत बिचार ब्याख्या गर्छन।कसैले पनि यो यसको उत्पन्न भएको कहिले किन बारे प्रष्ट भन्न सक्दैनन।आखिर मलाई कसैले उधारणको लागि छोरानातिले सोधेभने मैलेपनि यस्को उत्तर दिन सक्दैन दिए पनि यसो हो अरे उसोहो अरे भनेर भनुला।त्यो सास्त्र वा दन्ते कथाहलेर कसैलाई गुमराह गराउँनु भन्दा शहि जानकारी बुझेर गराउँनु राम्रो हुन्छहोला।
हामिले मनाउँने मेला पर्वको बारेमा स्वायम हामिलाईनै थाहाछैन।हामि अन्ध बिस्वासमा छौं अनि हामिले अन्तिममा आफ्ना सन्तानलाई पनि त्यहि अन्ध बिस्वासको बिरासत दिएर जान्छौँ अंशको रुपमा।
मैले यस्तो लेख्दा हिन्दु धर्मका अनुयाईहरुलाई बिजाउला तर मैले यो मेला पर्वको दिन कसैको धार्मिक आस्थामा ठेँस पुराउँन खोजेको होईन।मात्र यस्को वास्तबिकताको बारेमा छलफल गर्नेर सहि गलतलाई छुट्याउँने मात्र मेरो उदेश्य हो।
आज पनि हाम्रो देशमा धर्म निरपक्षियता कायमछ।जस्को उदेश्य सबै धर्महरुको शंरक्षाण सम्बर्धन गर्ने र सबै धर्म जातिलाई सम्मान गर्दै सहि र गलतको बिष्लेषण गर्ने उदेश्यहो।तर एउटा तिन धर्साको जनै लगाएर जातिय बिभाजन गर्ने अन्य जाति धर्म माथि आफ्नो धर्म लाध्ने बिचारलाई हामिले गलत ठान्दछौँ।
मानिशले आफ्नो धर्म र जातलाई जोगाउँने स्वतन्त्रता छ।त्यहिनुसार हामिले अप्नाएको बाटो ठिकछ वा गलत त्यसबारेमा पनि छान बिन गरेर जस्ताको तेस्तै बिचार लाई पस्किनुपर्छ।
कसैलाई अन्यौलमा राखेर कुनै जाति र धर्मको अन्ध भक्त हुनु वा अनुसरण गर्ने बिचारलाई सहि भन्न सकिदैन।के हामि मानिस संसारको चेतन सिल प्रणिलाई सधै भरी भुलभुलैयामा बाँच्ने र त्यसैया मर्ने गर्नु जायज होला?होईन भने सम्बन्धित निंकाएले पनि यसमा ध्यान पुराउँनुपर्छ।
एकातिर दलितहरुको आरक्षाणलाई गलत भनिन्छ त्यसले जातिय रेखे खिच्यो भन्दै आर्को तिर तागाधारिहरुले जनैपुर्णिमालाई धुनधान रुपमा मनाएर हिन्दु जातिय रेखा खिच्ने प्रयात्न गरिन्छ।दलित पनि आर्यनै हुँन जस्लाई धर्मशास्त्रले होईन कथित माथिल्ला ब्रहामणवादीहरुले पाखा लगाएकाछन।मान्छेलाई शुद्र बनाएर कल्पनालाई पुज्ने बिचारलाई हामिले सहि ठान्दैनौँ।
मेरो बिचारमा अबका दिनहरुमा यि र यस्ताखाले पर्वहरुको बारेमा ब्यापक छलफल गरेर जानुपर्छ जस्तो लाग्छ।हामिले हाम्रा जर्नेसनहरुलाई गलत बाटो तिर नडोराउँ भन्ने तर्क मात्रहो।कृपया कसैलाई पनि सत्य तथ्य बारे जाँच बुझ गर्ने सम्बैधानिक अधिकार हुन्छ र त्यहि रुपमा बुझ्न अनुरोध गर्दछुँ।हाम्रो गरिब समाजमा पहिले देखिका उप्नाउँदै आएका कयौँ परमपरा बस्तुवादी हुँदा हुँदैपनि आधुनिक शिक्षाको अभावमा त्यो मात्र परमपराको खास्टोले ढाकेको देखिन्छ।माथि भने जस्तै बर पगपल लगाउँने पुजागर्ने त्यो बेलाको बिज्ञान नै थियो।बरपिपलको छायाँमा बस्ने र पिपलबाट आक्सिजन लिने बिचारलाई गलत भन्न सकिदैन।पानीको पोखरीमा बर्षायामको पानि जम्मा गरेर पुशुहरुलाई पिलाउँने गरिन्थ्यो।आबस्याकता अनुसार मानिशले परिस्थिति सँग लड्दै परिपुर्ति गरेकोछ।
तुलसा आगनमा राख्ने चिजनै हो।त्यसमा पनि कयौँ रोग लाग्न नदिने क्षामता हुन्छ।ध्वजा पनि कुनै बिशेष कामको सन्द्रभमा बानेर त्यो दिनको गणना गर्ने चलनथियो।यि र यस्ता कयौं बिचार बस्तुवादीनै हुँन भन्ने लाग्छ।मेला पर्वले पनि कुनैन कुनै ऐतिहाशिक बिषयको प्रतिनिधित्व गरेको कुरालाई अस्विकार गर्न सकिदैन।तरपनि त्यसबारेमा नबुझेर अनुसरण गर्नुलाई ठिक
Suresh Kumar
भन्न सकिदैन।

चर्चामा

सम्बन्धित समाचार