शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आखिर हाम्रो उदेश्य केहो?

आखिर हाम्रो उदेश्य केहो?

  • मङ्लबार, भदौ १, २०७८
आखिर हाम्रो उदेश्य केहो?

सुरेशकुमार पान्डे — लामू समय सम्म काम गरेको साथिहरुले पार्टी संगठनलाई छोडेर जाने मुख्य दुई प्रकारका उदेश्यहरु हुन्छन।
एउटा जुन संगठनलाई त्याग्यौँ त्यो ठिक छैन र त्यो भन्दा कयौं गुना राम्रो संगठन बनाउँने उदेश्यले पुरोनो गलत संगठनबाट बिद्रोह गरेर नयाँ संगठन निर्माण गरेर जाने ताकि आफुले क्रान्तिकारी स्पृटलाई दह्रो सँग छोप्न सकियोश।पुरानो पार्टी भित्र त्यसो गर्न सफल नभएपछि संगठनलाई छाडेर सहि र अनुसाशित क्रान्तिकारी संगठन निर्माण गर्ने उदेश्यले बिद्रोह गरेर आफ्नो खुसि देश र जनताको हितका लआगि संगठनको निर्माण गर्ने।
दोस्रो कम्युनिष्ट क्रान्तिकारी पार्टी र संगठनको अनुसासनमा आफै रहन नसकेर सैधान्तिक रुपमा पतन भै सकेपछि।त्यो लाईन बाट आफुलाई अलग राखेर जाने जो संसारका अवसरवादी संसोधनवादी शक्तिहरुको मूलबाटो हो।जो अन्तिम अबस्थामा उनिहरु कम्युनिष्टको पंक्तिबाट टाडा जान्छन।
संगठनमा आस्था नरहेको अबस्थामा कतिपय काममा सिथिल्ता आउँनु असन्तुष्ट भएर संगठनलाई परित्याग गर्नुका अन्य कतिपय नीजि र घरेलु कारणहरु पनि हुनसक्छन तर त्यो अबस्थामा संगठनलाई दोश दिने ठाउँ कत्ति हुँदैन।उनिहरुले पार्टी संगठनबाट अबकास प्राप्त गरेर लेवी वा सुल्क बुझाएर मात्रै पनि रहन सक्छन।यो कम्युनिष्ट नैतिक्ता भित्रको कुराहो।
पार्टी संगठन कैनै एकजनाको प्याउते होईन,कुनै ब्याक्ति कसैको हलि गोठालो पनिहोईन।मार्क्सवाद लेनिनवाद-माओबिचारधारा लाई जस्ले सहि माईनेमा छोप्न सक्यो त्यो नै कम्युनिष्ट क्रान्तिकारीको सिध्धान्तको रक्षक हुन्छ हामिले बुझेको त्यहिनै हो।कतिपय आफुलाई काम्रेड भन्न रुचाउँने मित्रहरुले तल्लो स्तरमा पुगेर गालिगलोच गर्ने कसैको तस्विरमा रिप.लेख्ने जस्ता नितान्त कम्जोर मानसिकता भएकाले गर्ने गलति गर्नु भएको देखिन्छ।यो हद दर्जाको मानसिकताको उपजहो भन्नसकिन्छ।मित्र हामिले कसैका लागि शंघर्ष गरेका हुँदैनौँ हाम्रो आफ्नै लागि बनाएका पार्टी संगठन हुँन हामिले सकेको योगदान दिएर संगठनलाई पार्टीलाई बलियो बनाउँनुपर्छ त्यसमा पनि हाम्रो स्वार्थछ।त्यो संगठनको माध्यायम बाट समाजमा रहेको अन्याय अत्याचार सोशण दमन र तमाम बिक्रितिहरुको सफाया गर्न हामिचाहान्छौँ।त्यहि हामिसबैको स्वार्थहो।
काम गर्ने द्वौरानमा हामि सबै बाट गलति हुन्छ किन कि हामिले काम गर्छौ त्यसकारणले हामिबाट गलति हुँनु स्वाभाबिकहो।तर गलतिको प्रकार केहो जानेर गरेको वा अन्जानमा भएकोछ।यसबारे पनि सचेत र सजग रहनैपर्छ।मानिस बाट गलति हुन्छ त्यसलाई सच्चाएर अगाडि बढ्नुपर्छ। मानिस यो संसारको सबैभन्दा चेतनशिल प्राणि भएकोले त्यहिनुसारको विवेकसिल हुनुपर्छ।
संगठनको नियम पद्धत्ति हामि आफैले बनाएका हुन्छौँ त्यसमा हामि बस्नै पर्ने हुन्छ यदि त्यो अनुसाशको दायरालाई मिच्ने प्रयात्न गर्छौं भने त्यो आत्मघाति कदमनैहो भन्नेकुरा सबैले बुझेका हुन्छौँ।मलाई सबै भन्दा दुःख के को लागि लाग्छ भने कुनैसाथिले संगठन भित्रको शंघर्ष नगरेर संगठनलाई छाडेर जान्छन त्यो हाम्रो संगठनको बिशेषतानै भएकोछ।हामिले अहिले सम्म अनुभव गरेको बिषय संगठनलाई छाडेर जानेहरुको अबस्था दयनिय देखिन्छ।उनिहरु सांसद मन्त्री भए प्रधान मन्त्री पनि भए त्यो छुट्टै कुराहो।प्रमुख बिषय उनिहरु सिधान्तबाट पतित भएकाछन।यो बिषयलाई हामिसबैले देखि रहेकाछौँ।जाने साथिहरु कटर क्रान्तिकारी प्रदर्शन गरेर जान्छन अनि उनिहरुको पतन दक्षिण पन्थि दिसामा पुगेर बिशर्जन हुन्छ।त्यसबारे अहिले चारदशक भन्दा लामू अनुभव मेरो आफ्नै पनिछ।
हाम्रो बिचमा थुप्रै मतभेदहरु हुन्छन थुप्रै बेग्ला बेग्लै बिचारहरु पनि उब्जिन्छन।एउटा बिषयको उत्पादन भयो भने त्यसमा कयौं छलफलका लागि तर्क बितर्कहरु आउँछन त्यो त स्वभाबिकनैहो।तर निष्कर्षमा पुगि सकेपछि मेरो राय बेग्लै थियो भनेर वाईहातमा भाईर भन्दै हिंड्नुलाई ठिक भन्नु सकिदैन।त्यो भन्दापनि पार्टी को महाधिबेसन भैसकेपछि त अल्पमत र बहुमतको कुरानै हुँदैन गर्नै मिल्दैन एकमना एकता गरेर पारित बिषय पार्टीको हुन्छ।त्यो जुनसुकैले राखेको बिचार भएपनि त्यसलाई कार्य न्वोयन गरेर जाने र आफुलाई चित्त नबुझेका बिषय बस्तुलाई निर्नतर भित्र छलफलमा दर्ता गराएर पनि सैधान्तिक शंघर्ष गर्न सकिन्छ।त्यसो गर्न नसकेपछि आकास तिर नथुकौं त्यो थुक हाम्रो आफ्नै अनुहारमा पर्छ।
अहिले कतिपय मित्रहरुले हामिमा रहेको मित्रताको थोरै धेरै सानुभुतिलाई पनि निस्तेज गर्ने बाताबरण बनाउँदै जानुभएकोछ।फुटले कसैको भलो हुँदैन पार्टीले भिन्दै बिचार राखेकोले कसैलाई कार्वाही पनि गर्दैन उँहाहरुले गलत भन्दै आउँनु भयकोछ। पार्टिको आर्थिक अनिमिता भयो भन्नेहरु स्वयम पार्टीका कोषादक्ष हुनुहुन्छ।उँहाहरुले त्यो बिषयलाई ठाउँमा उठाउँनुपर्ने अहिले बाहिर त्यो आफुलाई कार्वाहीमा परेपछि उठाएको बिषयमा कत्तिको सत्यताछ त्यो आफैमा संकास्पद बिषय हुन्छ।उँहाले पनि
आफुलाई लागेको कुरा त सम्बन्दित ठाउमा राख्नेहो राख्नुपर्छ भन्ने कुरा अब उँहाहरु लामू समय सम्म पार्टीको जिम्मेदार पदमा बसेर कामगरेकालाई सिकाउँनुपर्छ?त्यो नैतिकताको पतनहो।हिंजो हामिहरुलाई उक्ति दिने मित्रहरुले बिर्सिनुभयो।संगठनलाई अनुसाशित बनाउँनुपर्छ त्यसकालागि अनुसाशनमा रहन नसक्नेहरुलाई कार्वाही गर्नुपर्छ।भन्ने हामिहरुलाई लाग्छ।हामि लामू समय बाट गलतकामको बिरोध गर्दै आएकाछौँ तर कुनठाउँमा के गलतिभयो त्यसको बारेमा सम्बन्धित ठाउँमा बोल्छौं र निर्णय भैसकेको बिषयलाई हामिले काममा एकरुपता ल्याउँने प्रयात्न गर्छौँ भने हाम्रो जायज बिचारको सुनाईपनि हुन्छ।तर भाईर कुरागर्दै हिंड्यौभने राम्रै बिचार भएपनि त्यो गलत हुनजान्छ भन्ने मलाई लाग्छ।साथिहरुले आफ्नो संगठनलाई फुटालेर कस्लाई फाईदा पुराउन खोज्नु भएकोछ।त्यो आगामी केहि बर्षमा प्रष्ट भएर जानेछ।यसबारेमा बढि ब्याख्या गरेर जानुपर्दैन भन्ने मलाई लाग्छ उँहाहरु क्रान्तिकारी हुनुहुन्छ वा अवसरवाद त्यो आउँने दिनमा प्रष्ट हुन्छ।

चर्चामा

सम्बन्धित समाचार