बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाख्रालाई जस्ता,आफ्नो खरकै छानो

बाख्रालाई जस्ता,आफ्नो खरकै छानो

  • शनिबार, असार १९, २०७८
बाख्रालाई जस्ता,आफ्नो खरकै छानो
बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-४ मोहतीमा आफ्नो घरमा खरको छानो र नयाँ बनाएको बाख्राको खोरमा जस्ताको छानो लगाएको प्रकाश भण्डारीको घर।, फोटो निमेन्द्र शाही बाजुरा

निमेन्द्र शाही —  ‘म जन्मेदेखी मेरो घरको छानो खरलेनै छाएको थियो अहिले पनि खरकै छ।,यस बर्ष सरकारले बाख्राको पनि घर बनाउँने पैसा गाउँमा दिएको छ। मेरो बाख्राको घर जस्ताले छाउँने भएको छु।,बाख्राको पनि यति राम्रो घर हुन्छ भन्ने पत्तै थिएन’ जगन्नाथ गाउँपालिका-मोहतीका प्रकाश भण्डारीले बताए।
बाजुरा जिल्लामा पछिल्लो दुई बर्ष ब्यबसाहीक रुपमा बाख्रापालन ब्यबसायलाई आधुनिकता तिर जोड्नका लागि नौ वटै स्थानिय तहमा कार्यक्रम लागु भएको छ। यस बर्ष मात्र जिल्लाका चार सय पचास परीवारलाई बाख्रापालनमा सहयोग गरीएको छ। बाख्रा भएकालाई आधुनिक गोठ बनाउँने र बाख्रा नहुँनेलाई बाख्रा बितरण गरीएको छ।
‘बाख्राको पनि घर हुँदो रहेछ।, घर बनाउँनु पर्ने रहेछ भन्ने कुरा हामीले पहिलो पटक थाहा पाउँदैछौं। हामीत बाहिर खुल्ला आकासमा रुखका हाँगाले बारेर बाख्रा पालेका थियौं कहिलै ओडारमा राख्ने र कहीलै जंगलमा लिएर राख्ने गरेका थियों।’ सोही गाउँका ठकु बुढाले बताएका छन्।
बुढाले थपेः‘हामीले यस अगाडी पाल्दा खुर्‍यात लाग्ने, फोहर हुँदा लुुतो लाग्ने र बाहिरै बाख्रा राख्दा पाठाहरु स्यालले लिने चोरले चोर्ने गरेका थिए अब खोरमा राखेर ताला लायो सफा गर्न पनि सजिलो भएको छ।’
‘हाम्रै घरत छाना जस्ता छन् कहाँ बाख्राका यस्ता राम्रा पक्की घर हुँन्छन् भन्ने नै थाहा थिएन। अब यस्तो राम्रो घर बनेको छ अब बाख्रा मोटाउँने र आम्दानी पनि राम्रो हुँन्छ होला’ बिरबहादुर रोकायाले भने ।
‘हामीले पचास जना कृर्षक छानेका छौं।, बिस जनालाई एक वडामा खोर दिएका छौं भने तिस जनालाई बाख्रा दिने कार्यक्रम छ। जिल्ला भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रले सहयोग गरेको छ। गाउँमा आधुनिक खोर बनाएका छौं । किसानलाई यो कार्यक्रमले धेरै राहात भएका छ।’ जगन्नाथ बाख्रापान समुहकी कोषाअध्यक्ष सुमित्रा भण्डारीले बताईन्।
‘हामीले दुई बर्ष देखी यो कार्यक्रम संचालन गरेका छौं, राम्रो काम भएका छ। ब्यबसायीक रुपमा लगानी गरेका किसानलाई सहयोग भएको छ। यो कार्यक्रम नियमति गर्न पर्ने छ। जिल्ला मासुमा आत्म निर्भर हुँने छ।’ जिल्ला भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्दका कार्यलय प्रमुख शिद्धराज जोशीले बताए ।
आफ्नो ब्यवसायका लागि सरकारले सहयोग गर्दा यहाँका कृषक खुशी भएका छन्। नयाँ कार्यक्रम बितरण मुखी भन्दा पनि यसरी जसले जे ब्यबसाय संचालन गरेको छ। त्यसको ब्यवस्थापनकालागि कार्यक्रम दिने हो भने किसनहरु आफ्नो ब्यवसायबाट फाईदा लिन सक्ने देखीन्छ।

चर्चामा

सम्बन्धित समाचार