मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • कक्षा ८को परीक्षाफलः स्वामिकार्तिकमा सन्तोषजनक, जगन्नाथमा ४४ प्रतिशत उत्तीर्ण

कक्षा ८को परीक्षाफलः स्वामिकार्तिकमा सन्तोषजनक, जगन्नाथमा ४४ प्रतिशत उत्तीर्ण

कक्षा ८ को नतिजा हिमालीमा २२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

  • बिहिबार, चैत्र २९, २०८०
कक्षा ८को परीक्षाफलः स्वामिकार्तिकमा सन्तोषजनक, जगन्नाथमा ४४ प्रतिशत उत्तीर्ण
फाइल तस्विर

बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा कक्षा ८ को परीक्षाफल सन्तोशजनक देखिएको छ । गाउँपालिका स्तरिय कक्षा ८ को परीक्षामा जिल्लाका केहि अन्य पालिकाको भन्दा नतिजामा सुधार देखिएको हो । पालिकाले लिएको परीक्षामा पालिकाभरका १० वटा विद्यालयबाट सहभागी ३ सय २ जना मध्ये ६१ दशमलव ९२ प्रतिशत अर्थात १ सय ८७ विद्याथीहरु उतीणर् भएका छन् । त्यस्तै परीक्षामा सहभागी मध्ये १ सय १५ जना विद्याथीहरुले भने पढाई दोहोर्याउनुपर्नेमा रहेका छन । पालिकाको शम्भु सुनन्दा मावि जुकोटले सबैभन्दा उत्कृट नतिजा ल्याउन सफल भएको छ । जसमा विद्यालयबाट परीक्षामा सहभागी ४३ मध्ये ३८ जना उर्तीण भएका छन् । त्यस्तै राघुमाता मावि साप्पाटामा ६२ मध्ये २७, शुम्भु सुनन्दा मावि जुकुमा ३१ मध्ये २६, कुलादेवि माविमा ३२ मा २४, कालिका आविमा २१ मा २० जना उतीणर् भएका गाउँपालिकाले जनाएको छ । त्यस्तै मण्डाली आविमा ४८ मा १७, रुपाली आविमा २९ मा १२, भैरवनाथ माविमा २० मा १२, स्वामिकार्तिक माविमा ११ मा ८ र हिमचुली आविमा ५ मा ३ जना उतीणर् भएका छन् ।
त्यसैगरि जगन्नाथ गाउँपालिकामा कक्षा ८ को परीक्षामा ४४ प्रतिशत विद्याथीहरु उतीर्ण भएका छन् । पालिकाका ६ वटा विद्यालयबाट सहभागी १ सय ९३ जना मध्ये ४४ दशमलव शुन्य चार अर्थात ८५ विद्याथी उतीणर् भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै पालिकामा १ सय ८ जना विद्याथीले भने पढाई दोहोर्याउनुपर्ने भएको छ । पालिका स्तरिय रुपमा सञ्चालन भएको परीक्षाको नतिजा अनुसार बालविकास आविले उत्कृट नतिजा ल्याएको छ । जसमा परीक्षामा सहभागी २४ मध्ये २० जना उतीणर् भएका छन् भने सरस्वती माविमा ४२ मध्ये १९ जना उतीणर् भएका छन् । त्यस्तै कैलाश माविमा ५० मध्ये १८, देवलकोट माविमा ६० मध्ये १५, महादेव आविमा १४ मा १० र बौद्धिक सनातन गुरुकुलमा ३ मा ३ जना विद्याथी उतीणर् भएका छन् । स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाले कक्षा ८ परीक्षाको नतिजा अनुसार अनुतिणर् भएका विद्याथीहरुका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन नहुने जनाइएको छ ।

जिल्लाको हिमाली गाउँपालिकामा कक्षा ८ को गाउँपालिकाकाले प्रकाशित गरेको नतिजा अनुसार २२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको कक्षा ८ को बार्षिक परीक्षामा पालिका भरका १२ वटा सामुदायिक विद्यालय बाट २ सय २९ जना विद्यार्थी सहभागी भएका थिए। पालिकाको प्रकाशित नतिजा अनुसार १८ प्रतिशत अर्थात ५० जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। त्यसमा ८५ विद्यार्थी ग्रडेवृद्धि परीक्षा दिन पाउने भएका छन्।

८५ जना विद्यार्थीहरुले पढाई दोहोर्‍याउनुपर्ने गाउँपालिकाले जनाएको छ । ग्रेडवृद्धिमा परेका विद्यार्थीहरुका लागि २०८१ बैशाख २० र २१ गते ग्रेडवृद्धि परीक्षा तोकिएको गाउँपालिकाले जनाएको छ । नतिजा प्रकाशित भएको १५ दिन भित्र बिधालयले ग्रेडवृद्धि परिक्षा आवेदन भर्नुपर्ने र पुनयोगय लागि नतिजा प्रकाशित भएको मितिले ७ दिन भित्र सम्बन्धि विद्यार्थीले हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा धुलाचौरमा निवेदन पेशगर्नुपर्ने छ। ग्रेडवृद्धि परिक्षा केन्द्र भवानी माध्यमिक बिधालय धुलाचौर र बिच्छ्या माध्यमिक बिधालय बिच्छ्यामा परिक्षा सञ्चालन गरिने भएको गाउँपालिकाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार